८ चैत्र २०८२, आइतबार | March 22, 2026

लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धद्रारा स्वास्थ्यकर्मीहरुलाई पिपिइ सहयोग



भैरहवा । लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले भैरहवास्थित दुई अस्पतालका स्वास्थ्यकर्मीहरुलाई पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) प्रदान गरेको छ ।

क्लबले भीम अस्पताल र रण अम्बिका शाह आँखा अस्पताललाई पीपीई प्रदान गरेको हो । क्लबले भीम अस्पतालमा पाँच थान र आँखा अस्पतालमा दुई थान पीपीई उपलब्ध गराएको क्लबका सचिव रविकान्त उपाध्यायले बताउनुुुभयो ।

सामाजिक कार्य अगाडी बढाएको क्लबको सानो सहयोगले यो विषम परिस्थितिमा महत्वपूर्ण भुमिका खेल्न सकोस् भन्ने उद्देश्यले स्वास्थ्यकर्मीहरुलाई पीपीई उपलब्ध गराइएको क्लबका अध्यक्ष गौतम कुमार गुप्ताले बताउनुुुभयो । स्वास्थ्यकर्मीहरुलाई थोरै भए पनि यसले राहत मिल्ने उहाले विश्वास गर्नुुुभयो ।

क्लबले सोमबार भीम अस्पतालका सूचना अधिकारी गोपाल उपाध्याय र आँखा अस्पताल विकास समितिका अध्यक्ष सागर प्रताप राणालाई उक्त पीपीई हस्तान्तरण गरेको हो ।

पीपीई ग्रहण गर्दै सूचना अधिकारी उपाध्यायले राज्यले बुझ्न नसकेको स्वास्थ्यकर्मीको वास्तविक पीडा लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले बुझेको बताउनुुुभयो । स्वास्थ्यकर्मी नै सुरक्षित नभए जनताको सेवा गर्न कसरी गर्न सक्छौ, उहाले प्रश्न गर्नुुभयो ।

“स्वास्थ्यकर्मीहरुलाई युद्धमा खटाइयो तर बिना हतियार, सायद राज्यलाई पनि केही ग्राहो भएको स्थिति छ, राज्यमा संकट परेको बेला सानो सहयोगले पनि महत्वपूर्ण भुमिका खेल्छ, उहाले भन्नुुुभयो । त्यस्तै आँखा अस्पतालका विकास समितिका अध्यक्ष राणाले अस्पतालाई पीपीई उपलब्ध गराएर क्लबले सराहनीय कार्य गरेको बताउनुुुभयो ।

लायन्स क्लब इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ बी टु अन्र्तगत एरिया फोर का संयोजक विनोद खरेलले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण स्वास्थ्यकर्मीलाई पीपीईको आवश्यकता रहेको कुरालाई मध्यनजर गर्दै क्लबले उपलब्ध गराउनु सराहनीय भएको बताउनुुुभयो । उहाले छोटो समयमा क्लबले महत्वपूर्ण कार्य भएको र अन्य क्लबहरुले पनि यस्तो संकटको घडीमा सहयोग गर्नुपर्ने बताउनुुुभयो ।

लायन्स डिष्ट्रिक ३२५ बी टु का को–चिफ एडभाइजर नवराज न्यौपानेले सानो प्रयासले महत्वपूर्ण भुमिका खेल्ने बताउनुुुभयो । उहाले यो कार्यले अन्य क्लबलाई समेत सहयोगको लागि प्रेरणा प्रदान गर्ने बताउनुुुभयो ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ४ : ५६ बजे

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded