१० चैत्र २०७९, शुक्रबार | March 25, 2023

प्रदेश ५ मा कृषि जन्य बस्तु ढुवानीमा विशेष पास नचाहिने, सामग्री खुल्ने ब्यानर टासेर हिड्न आग्रह



बुटवल । लक डाउनकाे बेलामा कृषि तथा पशु जन्य बस्तु ढवानी तथा विक्रि वितरणकाे लागि किसान तथा व्यवासायिहरुलाई विशेष पास नचाहिने भएकाे छ ।

प्रदेश ५ काे भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले यसकाे लागि किसान तथा व्यवसायीहरुले ढुवानीमा प्रयाेग हुने साधनमा स्पष्टरुपमा व्यानर वा ढवानी खुल्ने कुनै पनि कागजमा लेखेर निर्वाधरुपमा सञ्चालन गर्न सक्ने व्यवस्था गरेकाे हाे । केही समय पहिला किसानल तथा व्यवसायिहरुलाई स्थानीय तह काे संमन्वयमा विशेष पास व्यवस्थापन गरिएकाे थियाे ।

मंगलबार प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कृषि विकास निर्देशनालय काे सचिव स्तरबाट रुपन्देहीको सुर्यपुरा क्षेत्रमा अनुगमन समेत गरिएको थियाे ।
कृषि विकास निर्देशनालयका उप सचिव बरिष्ठ अर्थ विज्ञ भिमनाथ शर्मा ले किसान तथा व्यवसायीहरुलाई पास नचाहिने व्यवस्था गरेकाे जानकारी दिनुभयाे । उहाका अनुसार किसानहरुले उत्पादन गरेकाे कृषि जन्य उत्पादन, मासु,अण्डा, तरकारी, च्याउ, खाद्यान्न ढुवानीका लागि साधनमा ढुवानी गरिएकाे विषयमा जानकारी दिने ब्यानर, पाेष्टर तथा हातले काजचमा लेखेर टाँसेर हिड्न सक्नेछन ।

साधन नभएका किसानलाई मन्त्रालय नै साधनकाे व्यवस्थापन गर्ने छ । यस्तै किसानहरुले साईकल, ठेला वा कुनै पनि साधनबाट ढुवानी गर्न चाहेमा पनि सहज रुपमा ढुवानी गर्न सक्ने छन् ।

यदि कुनै समस्या आएमा कृषि विकास निर्देशनालय, मत्य तथा पशुपंक्षी विकास निर्देशनालय, कृषिमन्त्रालय प्रदेश ५ र प्रहरिकार्यलय काे १०० मा सम्पर्क गर्न सक्ने छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  १ : १५ बजे

भैरहवामा पहिलो पटक इण्डो–नेपाल बक्सिङ खेल

भैरहवा । शनिबार भैरहवामा इण्डो(नेपाल बक्सिङ खेलको आयोजना हुने भएको

बीपीसीको विद्युत् महसुल निर्धारण प्रस्तावमा जनप्रतिनिधिको असन्तुष्टि

बुटवल । बुटवल पावर कम्पनी लिमिटेडले विद्युत् नियमन आयोगसमक्ष विद्युत्

कञ्चपुरकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु

धनगढी । नेपालको कैलाली(कंचनपुरसंग सीमा जोडिएको दुधवा नेसनल पार्क भित्र

आम जनता पार्टी र माओवादी समाजवादीबीच एकता

काठमाडौं । प्रभु साह नेतृत्वमा आम जनता पार्टी र नेकपा

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत प्राप्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत प्राप्त