५ श्रावण २०८३, मंगलबार | July 21, 2026

प्रदेश ५ मा कृषि जन्य बस्तु ढुवानीमा विशेष पास नचाहिने, सामग्री खुल्ने ब्यानर टासेर हिड्न आग्रह



बुटवल । लक डाउनकाे बेलामा कृषि तथा पशु जन्य बस्तु ढवानी तथा विक्रि वितरणकाे लागि किसान तथा व्यवासायिहरुलाई विशेष पास नचाहिने भएकाे छ ।

प्रदेश ५ काे भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले यसकाे लागि किसान तथा व्यवसायीहरुले ढुवानीमा प्रयाेग हुने साधनमा स्पष्टरुपमा व्यानर वा ढवानी खुल्ने कुनै पनि कागजमा लेखेर निर्वाधरुपमा सञ्चालन गर्न सक्ने व्यवस्था गरेकाे हाे । केही समय पहिला किसानल तथा व्यवसायिहरुलाई स्थानीय तह काे संमन्वयमा विशेष पास व्यवस्थापन गरिएकाे थियाे ।

मंगलबार प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कृषि विकास निर्देशनालय काे सचिव स्तरबाट रुपन्देहीको सुर्यपुरा क्षेत्रमा अनुगमन समेत गरिएको थियाे ।
कृषि विकास निर्देशनालयका उप सचिव बरिष्ठ अर्थ विज्ञ भिमनाथ शर्मा ले किसान तथा व्यवसायीहरुलाई पास नचाहिने व्यवस्था गरेकाे जानकारी दिनुभयाे । उहाका अनुसार किसानहरुले उत्पादन गरेकाे कृषि जन्य उत्पादन, मासु,अण्डा, तरकारी, च्याउ, खाद्यान्न ढुवानीका लागि साधनमा ढुवानी गरिएकाे विषयमा जानकारी दिने ब्यानर, पाेष्टर तथा हातले काजचमा लेखेर टाँसेर हिड्न सक्नेछन ।

साधन नभएका किसानलाई मन्त्रालय नै साधनकाे व्यवस्थापन गर्ने छ । यस्तै किसानहरुले साईकल, ठेला वा कुनै पनि साधनबाट ढुवानी गर्न चाहेमा पनि सहज रुपमा ढुवानी गर्न सक्ने छन् ।

यदि कुनै समस्या आएमा कृषि विकास निर्देशनालय, मत्य तथा पशुपंक्षी विकास निर्देशनालय, कृषिमन्त्रालय प्रदेश ५ र प्रहरिकार्यलय काे १०० मा सम्पर्क गर्न सक्ने छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  १ : १५ बजे

तयारी पोसाक सङ्घका पदाधिकारीसँग प्रधानमन्त्रीले छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी । गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण

क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म नयाँ कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न

कक्रोच पार्टीको संसद मार्चमा मिडियाविरुद्ध आक्रोश, संचारकर्मीबीच चर्कियो बहस

कुनै पनि ठूलो विरोध प्रदर्शनमा सञ्चारमाध्यम वा पत्रकारहरू आन्दोलनकारीको निशानामा

विश्वविजेता स्पेनको स्वदेशमा भव्य स्वागत, २० लाख समर्थक सडकमा उत्रिए

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको