५ श्रावण २०८३, मंगलबार | July 21, 2026

प्रदेश ५ बाट थालियो महामारीमा ‘ड्युटी’ नगर्ने स्वास्थ्यकर्मी माथि कारवाही



बुटवल । माहामारीको प्रकोपका बेला बिरामीलाई सेवा नदिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रदेश ५ बाट कारवाही गर्न सुरु गरिएको छ ।

प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयले कोरोनाको महामारीको संकटमा पनि अस्पताल नजाने चिकित्कहरुलाई कारवाही प्रकृया शुरु गरेको हो । मन्त्रालयले प्रदेशको राजधानीमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालबाट कारवाहीको शुरु गरेको छ ।

लुम्बिनी प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर राजेन्द्र खनालका आनुसार विना सुचना अस्पतालमा उपस्थित नभएका ५ जना चिकित्सकहरुलाई कारवाही स्वरुप सेवाबाट हटाईएको छ ।
रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. तारा प्रसाद शर्मा, इएनटी विभागका डा. प्रकाश न्यौपाने, युरो सर्जन डा. सुवासचन्द्र चौधरी, आकस्मीक विभागमा कार्यरत डा प्रकृती कार्कीलाई सेवाबाट हटाईएको मेसु डा. खनालले जानकारी दिनुभयो ।

उनिहरु अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा उनुपस्थित भएका कारण हटाईएको डा. खनालले बताउनु भयो । हटाईएका चिकित्सकहरु करारमा नियुक्त भएका चिकित्सकहरु हुन ।

सामाजिक विकास मन्त्री सुदर्शन बरालले महामारीको वेलामा पनि सेवामा नखटिने चिकित्सकहरुलाई कारवाही गर्न निर्देशन दिएपछि उनीहरुलाई हटाईएको अस्पताल प्रशासनले जनाएको छ । मन्त्री बरालले सुत्केरी विदा, काज क्रिया विदा र विरामी विदा वाहेकका विदा स्वीकृत नगर्न र विना जानकारी सेवामा अनुपस्थित हुने चिकित्सक कर्मचारीहरुलाई हटाउन निर्देशन दिएका थिए ।

मन्त्री बरालले प्रादेशिक अस्पतालबाट कारवाही प्रकृया शुरु भएको जानकारी दिदै कोरोना भाइरसको संकटको वेलामा सेवामा हाजिर नहुने चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुलाई कारवाही गरिने बताउनुभयो ।

मन्त्रालयले प्रदेशसमा रहेका सबै अस्पतालहरुको दैनिक हाजीरी बिवरण माग गरेको र गयल भएकाहरुलाई स्पष्टिकरण सोधेर हटाउने सम्मको कारवाही थालेको मन्त्री बरालले बताउनुभयो ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  १ : ५० बजे

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

सुदूरपश्चिम । ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौं । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६

जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह

विश्वकप लिग-२ मा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बिहान