१३ चैत्र २०७९, सोमबार | March 28, 2023

देवदहको विपद् व्यवस्थापन कोषमा ईट्टा संघको ६० हजार



भैरहवा । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि रुपन्देहीको देवदह नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीले सहयोग गरेको छ । संघले कोषलाई ६० हजार रुपैयाँ उपलब्ध गराएको हो ।

संघका लेखा समिति सदस्य चक्रपाणि तिवारीले मंगलबार नगरपालिकाका प्रमुख हिरा बहादुर खत्री र उपप्रमुख विद्या लक्ष्मी गुरुङलाई संयुक्त रुपमा ६० हजारको चेक हस्तान्तरण गर्नुभयो ।

यस अघि संघले प्रदेश ५ सरकारद्धारा स्थापना गरिएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका महासचिव अजय कुमार गुप्ताले बताउनुभयो ।

त्यस्तै संघले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ५१ हजार, मायादेवी गाउँपालिकामा ८५ हजार, रोहिणीमा ८१ हजार, ओमसतियामा ७५ हजार, कोटहीमाईमा ३५ हजार, सियारी र शुद्धोधनमा ३०/३० हजार सहयोग गरेको गुप्ताले जानकारी दिनुभयो ।

त्यस्तै संघले जिल्ला विपद् व्यवस्थापन समिति रुपन्देहीलाई ५१ हजार १ सय ११ बराबरको खाद्यान्न सामाग्री सहयोग गरेको उहाले बताउनुभयो । संघका अध्यक्ष थानेश्वर घिमिरेको अगुवाइमा राष्ट्रिय विपद्को घडीमा सहयोगको हात अगाडी बढाइएको छ, उहाले भन्नुभयो ।

त्यस्तै कोरोना भाइरसको संक्रमणबाट बच्न र अरुलाई बचाउन घरभित्रै बसेर सुरक्षित हुन संघले सबैलाई आग्रह समेत गर्नुभएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ७ : २८ बजे

‘तिलौराकोट-कपिलबस्तु सम्पदा उत्सव’

लुुम्बिनी । प्राचिन शाक्य गणराज्यको राजधानी कपिलबस्तुका पुरातात्विक सम्पदाहरुको संरक्षण

एमालेको ‘मिसन ग्रासरुट अभियान’ को सातै प्रदेशमा समीक्षा

काठमाडौं । नेकपा (एमाले) ले पार्टी सृदृढीकरण तथा विस्तार अभियानका

एमाले विकास र लोकतन्त्रको पक्षमा छ : अध्यक्ष ओली

गुल्मी । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

कांग्रेस कार्यसम्पादन समिति बैठक बिहीबारका लागि सर्‍यो

काठमाडौं । मंगलबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति

आर्ट अफ लिभिङको आयोजनामा ‘रामलला की माता’ कथा

भैरहवा । मानवलाई ‘जिवन जिउने कला’ सिकाउदै अघि बढेको संस्था