२० श्रावण २०८३, बुधबार | August 5, 2026

देवदहको विपद् व्यवस्थापन कोषमा ईट्टा संघको ६० हजार



भैरहवा । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि रुपन्देहीको देवदह नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीले सहयोग गरेको छ । संघले कोषलाई ६० हजार रुपैयाँ उपलब्ध गराएको हो ।

संघका लेखा समिति सदस्य चक्रपाणि तिवारीले मंगलबार नगरपालिकाका प्रमुख हिरा बहादुर खत्री र उपप्रमुख विद्या लक्ष्मी गुरुङलाई संयुक्त रुपमा ६० हजारको चेक हस्तान्तरण गर्नुभयो ।

यस अघि संघले प्रदेश ५ सरकारद्धारा स्थापना गरिएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका महासचिव अजय कुमार गुप्ताले बताउनुभयो ।

त्यस्तै संघले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ५१ हजार, मायादेवी गाउँपालिकामा ८५ हजार, रोहिणीमा ८१ हजार, ओमसतियामा ७५ हजार, कोटहीमाईमा ३५ हजार, सियारी र शुद्धोधनमा ३०/३० हजार सहयोग गरेको गुप्ताले जानकारी दिनुभयो ।

त्यस्तै संघले जिल्ला विपद् व्यवस्थापन समिति रुपन्देहीलाई ५१ हजार १ सय ११ बराबरको खाद्यान्न सामाग्री सहयोग गरेको उहाले बताउनुभयो । संघका अध्यक्ष थानेश्वर घिमिरेको अगुवाइमा राष्ट्रिय विपद्को घडीमा सहयोगको हात अगाडी बढाइएको छ, उहाले भन्नुभयो ।

त्यस्तै कोरोना भाइरसको संक्रमणबाट बच्न र अरुलाई बचाउन घरभित्रै बसेर सुरक्षित हुन संघले सबैलाई आग्रह समेत गर्नुभएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ७ : २८ बजे

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

काठमाडौं । गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री

राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग अर्थमन्त्री वाग्लेको छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो

चितवन । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले