१८ माघ २०८२, आइतबार | February 1, 2026

तिनाउ मिसन डेभलपमेण्ट बैंकद्धारा कोरोना राहत कोष तथा स्थानिय तहमा सहयोग



बुटवल । तिनाउ मिसन डेभलपमेण्ट बैंकद्धारा कोरोना राहत कोष तथा स्थानिय तहमा सहयोग हस्तान्तरण गरेकाे छ ।

हाल विश्वव्यापी रुपमा फैलिंदै गएको कोरोना भाइरसकाे महामारीका कारणबाट नेपालमा समेत प्रकोप फैलिन सक्ने भन्दै  सरकारले देशमा लकडाउन घोषणा गरेसंगै देशमा भएको  विपन्न परिवारहरुको लागि खाद्यन्न तथा कोरोना भाईरसबाट संक्रमितहरुलाई उपचारको लागि सहयोग गर्ने उदेश्यले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडले प्रदेश नं. ५ को कोरोना उपचार तथा नियन्त्रण सम्वन्धी मुख्य मन्त्री राहत कोषमा रु १० लाख प्रदान गरेको छ ।

१० लाखको चेक बैंकका अध्यक्ष टिकाराम घिमिरे, संचालक समिती सदस्य जीवन प्रसाद वझा, राजेन्द्र प्रसाद वझा तथा प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठको उपस्थितीमा प्रदेश नं. ५ का माननीय मुख्यमन्त्री शंकर प्रसाद पोखरेललाई हस्तान्तरण गर्नुभयो ।

साथै, यस विकास बैंकको ५४ वटा शाखा कार्यालय रहेको स्थानका स्थानिय तहमा समेत रु १० लाख वरावरको राहत सामाग्री समेत वितरण गरेको छ ।

उक्त राहत रकम एवं सामाग्री वितरणको लागि बैंकका सम्पुर्ण कर्मचारीहरुले १ दिनको पारिश्रमिक योगदान गरेका छन् र बैंकले आप्mनो सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नुपर्ने कोषबाट योगदान गरेकोछ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ७ : ३७ बजे

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज

बजार झरेका मतदाता भन्छन्, ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास

बागलुङ-बिहुँ खण्ड : नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३