२५ जेष्ठ २०८०, बिहिबार | June 8, 2023

प्रतिमान–नीमाद्वारा विपद् व्यवस्थापन समितिलाई १५ सय थान मास्क



भैरहवा । प्रतिमान–नीमा स्मृति प्रतिष्ठान, भैरहवाले जिल्ला विपद् व्यवस्थापन समिति रुपन्देहीलाई १५ सय थान सर्जिकल मास्क उपलब्ध गराएको छ ।

प्रतिष्ठानले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक महादेव पन्थलाई उक्त मास्क हस्तान्तरण गरेको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै केही भए पनि राहत होस् भन्ने उद्देश्यले समितिलाई मास्क हस्तान्तरण गरिएको प्रतिष्ठानका निर्देशक धर्म बहादुर के.सी.ले बताउनुभयो ।

त्यस्तै नाकामा अलपत्र १५४ भारतीयहरु राखिएको प्रतिमान–नीमा कलेजको क्वारेन्टाइनलाई स्यानेटाइज गरिएको के.सी.ले जानकारी दिनुभयो । प्रतिष्ठानले २००३ देखि शिक्षा, स्वास्थ्य तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ७ : ४४ बजे

लखनउको किङ्ग जर्ज मेडिकल युनिभर्सिटीमा आगलागी

लखनउ । लखनउको किङ्ग जर्ज मेडिकल युनिभर्सिटीको निर्माणाधीन भवनमा बिहीबार

चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक गरिएको छ । विवाहेत्तर

एसियन कप छनोट : नेपाल चीनसँग पराजित

काठमाडौं । एएफसी यु-२० महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गत

कांग्रेस संसदीय दलको सचेतकमा सुशीला थिङ मनोनित

काठमाडौं । नेपाली कांग्रेसको प्रतिनिधिसभा सचेतकमा प्रतिनिधिसभा सदस्य सुशीला थिङ

बसको ठक्करबाट स्कुटर चालकको निधन हुँदा मोरङमा तनाव

मोरङ । मोरङको उर्लाबारी नगरपालिका-३, नयाँ मंगलबारेमा आज दिउँसो तीन