८ चैत्र २०८२, आइतबार | March 22, 2026

मायादेवी फाउण्डेशन र बासद्वारा आँखा अस्पताललाई पीपीई



भैरहवा । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण यति बेला विशेष गरी स्वास्थ्यकर्मीहरु जोखिममा छन् ।

त्यही जोखिमलाई मायादेवी च्यारिटेबल फाउण्डेशन र बागेश्वरी असल शासन (बास)रुपन्देहीले संयुक्त रुपमा मध्यनजर गर्दै भैरहवास्थित रण अम्बिका शाह आँखा अस्पतालाई ७ थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) उपलब्ध गराएको छ ।

स्वास्थ्य सुरक्षा कवचको अभावमा जोखिममा नै आँखा सम्बन्धि रोगका बिरामीको उपचार गरिरहेका चिकित्सकलाई मध्यनजर गर्दै आँखा अस्पतालमा पीपीई प्रदान गरिएको मायादेवी च्यारिटेबल फाउण्डेशनका अध्यक्ष रवि कुमार रौनियारले बताउनुभयो । उहाले आँखा रोगका विरामीहरुलाई उपचार गर्दा दुरी राख्न नसकिने भएकोले चिकित्सकहरुलाई पीपीई नितान्त आवश्यक रहेको बताउनुभयो ।

अस्पताललाई पीपीईसहित ४ सय थान सर्जिकल मास्क र ५० थान स्यानिटाइजर उपलब्ध गराइएको बास रुपन्देहीकी कार्यकारी निर्देशक विजया खत्रीले बताउनुभयो ।

पीपीई, मास्क तथा स्यानिटाइजर ग्रहण गर्दै रण अम्बिका शाह आँखा अस्पताल विकास समितिका अध्यक्ष सागर प्रताप राणाले सामाग्रीको अभावमा जोखिममा काम गरेका आँखा अस्पतालका चिकित्सकहरुलाई अब पीपीई काम गर्न थप हौसला प्रदान हुने बताउनुभयो ।

उहाले आँखा अस्पतालमा आएका आकस्मिक विरामीहरुको परीक्षण भइरहेको र अस्पताल क्षेत्र अझ जोखिममा रहेकोले पीपीईको नितान्त आवश्यकता रहेको बताउनुभयो ।

“पीपीईले संजीवनी बुटी तथा सुरक्षा कवचको रुपमा काम गर्नेछ, अब आँखाका विरामीहरुलाई उपचारमा सहयोग मिल्नेछ, उहाले भन्नुभयो ।” यस अघि लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले अस्पताललाई दुई थान पीपीई हस्तान्तरण गरेको उहाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ७ : ५२ बजे

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

काठमाडौं । सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को