१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

सिद्धार्थनगरको कोरोना कोषमा नमुनाको २६ हजार



भैरहवा । कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार गर्नको लागि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले स्थापना गरेको नगरस्तरीय कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा नमुना एकीकृत विकास परिषद् रुपन्देही (नमुना)ले सहयोग गरेको छ ।

उक्त कोषको खातामा २६ हजार ५ सय जम्मा गरेको नमुना एकीकृत विकास परिषद्का अध्यक्ष ज्ञानु पौड्यालले बताउनुभयो ।

विश्व नै कोरोनाविरुद्ध लडिरहेको बेला नेपालीहरु पनि एकताबद्ध भएर अघि बढ्न आवश्यक रहेको पौड्यालले बताउनुभयो ।

कोरोना नियन्त्रण तथा उपचार कोषमा सक्दो योगदान गरी महामारी विरुद्धको लडाईमा एकजुट भई अघि बढनु नै अहिलेको आवश्यकता हो, उहाले भन्नुभयो ।
यस अघि तिलोत्तमा नगरपालिका, ओमसतिया, शुद्धोधन, सियारी र सम्मरीमाई गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा नमुनाले १ लाख ५३ का दरले ७ लाख ८५ हजार रुपैयाँ उपलब्ध गराएको थियो ।

कोषको रकम विपद्को घडीमा प्रयोग गर्न समेत नमुनाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ७ : ५५ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो