८ चैत्र २०८२, आइतबार | March 22, 2026

कोरोना भाइरसबाट भारतमा डाक्टरको मृत्यु



काठमाडौ । भारतको मध्य प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को कारण एक डाक्टरको मृत्यु भएको छ । ६२ वर्षीय डाक्टर शत्रुघ्न पञ्जवानीको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।

यो घटनाबारे प्रदेशका मुख्यमन्त्री शिवराज चौहानले सामाजिक सञ्जालमार्फत कोभिड–१९ विरुद्ध लड्दै बलिदान दिने डाक्टरको आत्माको शान्तिको कामना गरेका छन् । भाइरसको संक्रमण पुष्टि भएपछि उनको उपचार चलिरहेको थियो । तर, उनको अवस्था भने गम्भीर बनेको थियो ।

बिहीबार बिहान उनको मृत्यु भएको हो । मध्यप्रदेशमा कोरोनाको कारण पहिलोपटक डाक्टरको मृत्यु भएको हो । यद्यपि धेरै डाक्टरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

डाक्टरको मृत्युको समाचारसँगै प्रशासनले स्वास्थ्यकर्मीलाई विशेष सावधानी अपनाउन सुझाव दिएको छ । कोरोना भाइरसको उपचार गराइरहेका धेरै डाक्टर अहिले आफ्नो परिवारलाई संक्रमण हुने आशंकाले घर जान सकिरहेका छैनन् ।

भारतमा पछिल्लो केही दिनयता कोरोना भाइरसका संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

बीबीसी हिन्दीबाट

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ७ : ३४ बजे

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

काठमाडौं । सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को