२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

बुटवलका समाजसेवी शेर बहादुर गुरुङद्धारा प्रदेश सरकारलाई रकम हस्तान्तरण



बुटवल । प्रदेश नम्बर ५ सरकारले स्थापना गरेको विपत व्यावस्थापन राहत कोषमा बुटवलका समाजसेवी शेर बहादुर गुरुङले सरकारलाई रकम प्रदान गर्नुभएको छ ।

बुटवल उपमहानगरपालिका ११ निवासी समाजसेवी शेरबहादुर गुरुङले सरकारको बिपत ब्यबस्थापन लागि संचालन गरेको राहत कोषमा सहयोग पूराउने उदेश्यले प्रदेश सरकार र संघिय सरकारलाई रकम प्रदान गर्नुभएको हो ।

पूर्व राजसभा सदस्य समेत रहनुभएका समाजसेवी गुरुङले प्रदेश नम्बर ५ मुख्यमंत्री शंकर पोखरेल आज मुख्यमन्त्री कार्यालयमा १ लाख रुपयाँ नगद हस्तान्त्रण गर्नुभएको हो । भने प्रदेश नम्वर ४ र संघिय सरकारलाई पनि बैकवाट एक एक लाख रुपयाँ दिदै हुनुहुन्छ ।

पर्वतमा जन्मनुभएका समाजसेवी गुरुङले विपतको बेला सहयोग गर्नु सबैको दाहित्व भएको भन्दै आफ्नो जन्मभूमि प्रदेश नम्बर ४ र संघीय सरकारलाई पनि राहत कोषमा रकम हस्तान्तरण गर्ने बताउनुभयो ।

त्यसका लागी ४ नम्बर प्रदेश मूख्यमन्त्री पृथ्वी गुरुङ र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापासँग कुराकानी भएको उहाका छोरा अशोक गुरुडले बताउनुभयो ।

यस क्षेत्रमा विभिन्न सामाजिक संघसंस्थामा लामो समय काम गर्नुभएको ९२ बर्षिय गूरुडले सरकारले स्थापना गरेको राहत कोषमा आफुले पनि एउटा ईटा थप्पे उदेश्यले नगद हस्तारण गर्नुभएको बताउनुभयो ।

उहाले विश्वभर नै समस्या भएको बेला सवैले सरकारलाई सहयोग गनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ९ : २५ बजे

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद