२० श्रावण २०८३, बुधबार | August 5, 2026

प्रकोप व्यवस्थापन कोषमा लुम्बिनी वाणिज्य क्याम्पसको एक लाख चौतिस हजार सहयोग



बुटवल । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलले स्थानीय सरकारले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ ।

क्याम्पसका सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरुको एक दिनको तलब बराबरको एक लाख चौतिस हजार तीन सय एक्काइस रुपैया सत्र पैसा बुटवल उपमहानगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको हो ।

सहयोग रकम शुक्रवार क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्याय, पब्लिक क्याम्पस प्राध्यापक संघ इकाई समिति अध्यक्ष उपप्राध्यापक द्वारिका प्रसाद गौतम र कर्मचारी संघ इकाई समिति अध्यक्ष लक्ष्मी पोखरेलले संयुक्त रूपमा बुटवल उपमहानरपालिका नगर प्रमुख शिवराज सुवेदीलाई हस्तान्तरण गर्नुभएको हो ।

विपद्सँग जुध्न सबै मिलेर अघि बढ्नुपर्ने भएकोले क्याम्पसको तर्फबाट सम्पूर्ण प्राध्यापक तथा कर्मचारीको एक दिनको तलब बराबरको रकम सहयोग गरिएको क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायले बताउनुभयो ।

त्यस अवसरमा नगर प्रमुख शिवराज सुवेदीले सबैको सामूहिक प्रयासले मात्रै कोरोना संक्रमणको जोखिमका साथै अन्य जुनसुकै प्रकोपको क्षति कम गर्न सकिने बताउँदै शैक्षिक क्षेत्रमा अग्रणी भुमिका खेलेको लुम्बिनी वाणिज्य क्याम्पसले यो विपदमा पनि सहयोग रकम हस्तान्तरण गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  १ : ३८ बजे

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

काठमाडौं । गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री

राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग अर्थमन्त्री वाग्लेको छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो

चितवन । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले