२१ माघ २०८२, बुधबार | February 4, 2026

पश्चिम नेपाल बस ब्यवसायी प्रालिद्धारा ७ लाख ५२ हजार सहयोग



बुटवल । विश्वभर फैलिएको कोरोना महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थापित कोषमा पश्चिम नेपाल बस व्यवसायी प्रालीले ७ लाख ५२ हजार रुपैया सहयोग गर्ने भएको छ ।

शुक्रवार सम्पन्न संचालक समितिको बैठकले कोरोना महामारी विरुद्धको अभियानमा सरकारलाई सघाउन उक्त सहयोग गर्ने निर्णय गरेको प्रालीका अध्यक्ष दधिराम खरेलले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालका लागि संघसंस्थाहरुको संजालमा ५ लाख रुपैया, बुटवल उपमहानगरपालिकाले स्थापना गरेको कोषमा २ लाख १ हजार र बुटवल उपमहानगरपालिकाकै वडा नं. ४ मा ५१ हजार रुपैया दिने निर्णय गरेको अध्यक्ष खरेलले जानकारी दिए ।

लुम्बिनी प्रँदेशिक अस्पतालको स्तरउन्नती र बिकासका लागि रकम आवश्यक देखिएको छ हामी थप सहयोग समेत गर्ने छौ अध्यक्ष खरेलले भने । रुपन्देहीमा कृयाशिल संघ संस्थाहरुको संजालको बैठकले यस अघि नै कोरोना विरुद्धको अभियानको लागि संयुक्त रुपमा रकम संकलन गर्ने निर्णय गरेका छन् ।

जसअन्तर्गत प्रालीले ५ लाख, यातायात मजदुर तथा व्यवसायी भलाई कोषले ५ लाख, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ, बुटवल उद्योग वाणिज्य संघले तिन लाख एकाउन्न हजार दरले सहयोग प्रदान गर्ने निर्णय यसअघि नै गरिसकेका छन् ।

भने अन्य संस्थाहरुले समेत २५ हजार देखि २ लाख सम्म सहयोग गर्ने घोषण गरेको र रकम जम्मा हुने क्रममा रहेको रुपन्देही उद्योग संघका अध्यक्ष बावुराम बोहोराले बताए ।

यस्तै प्रालीको संचालक समिति बैठकले आगामी बैशाख महिनामा गर्ने भनिएको प्रालीको अधिवेशन अर्को निर्णय नभएसम्म स्थगित गरिएको अध्यक्ष खरेलले जानकारी दिए ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ४ : ५६ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता