२ बैशाख २०८३, बुधबार | April 15, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या १ लाख ८ हजार ७ सय ७०



काठमाडौ । विश्वभर महामारीको रुप फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या १७ लाख ७९ हजार १ सय १५ पुगेको छ ।

बितेको २४ घण्टामा ८० हजार २१८ नयाँ संक्रमित थपिए भने ६ हजार ८३ जनाको मृत्यु भएको छ । अब कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ८ हजार ७७० पुगेको वल्र्ड मिटरले जनाएको छ ।

संक्रमितमध्ये ४ लाख २ हजार ७०९ जना उपचारपछि निको भएर फर्किएका छन् । अहिले १२ लाख ६७ हजार ६२० जना कोरोना संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये ५० हजार ५८४ जनाको अवस्था गम्भीर छ । इटालीमा एकैदिन ६१९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या हजार ४६८ पुगेको हो ।

इटालीमा एकैदिन ६१९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ५२ हजार २७१ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ३२ हजार ५३४ जना उपचारपछि निको भएका छन् । ३ हजार ३८१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । १ लाख २६९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ९१७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ । कोरोना भाइरसबाट संक्रमितको संख्या ७८ हजार ९९१ पुगको छ । जसमा एकै दिन ५ हजार २३३ जना संक्रमित भएको जनाइएको छ ।

बेलायतमा संक्रमितमध्ये ३४४ जना उपचारपछि निको भएका छन् । १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । संक्रमितमध्ये ६८ हजार ७७२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ५२५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १६ हजार ६०६ पुगेको छ । स्पेनमा एकैदिन ४ हजार ७५० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ६३ हजार २७ पुगेको छ । स्पेनमा संक्रमितमध्ये ५९ हजार १०९ जना उपचारपछि निको भएका छन् ।

७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ८७ हजार ३१२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा ३९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २८८ पुगेको छ । भारतमा एकैदिन ८ सय ४६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८ हजार ४४६ पुगेको छ । भारतमा संक्रमितमध्ये ९६९ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ७ : २९ बजे

स्वास्थ्यप्रति सचेतना अभिवृद्धिका साथ आज अन्तरराष्ट्रिय आरोग्य दिवस मनाइँदै

काठमाडौं । आज अन्तरराष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ

यसरी मनाइयो भक्तपुरमा सुथसिया जात्रा

भक्तपुर । मानिसको भीड, भीडमा सबैको टाउको अनुहार, शरीर सबै

तनहुँका दुई पालिकामा केन्द्रीय निर्देशनअगावै पठनपाठन हुने

तनहुँ । सङ्घीय सरकारले शैक्षिक सत्र २०८३ को पठनपाठन वैशाख

लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-२ लुङ्गिनका किसानहरू पछिल्लो समय व्यावसायिक

मधेशप्रदेशमा जुडशीतल मनाइँदै

महोत्तरी । प्राचीन मिथिलाक्षेत्रमा मनाइने जुडशीतल पर्वको दोस्रो दिन आज