११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

बुटवलमा भेन्टिलेटर र आईसीयूसहितको कोरोना उपचार अस्पताल संचालन, मुख्यमन्त्री पोखरेलद्धारा अबलोकन



बुटवल । कोरोना भाइरसको उपचारका लागि बुटवलको धागो कारखानामा स्थापना गरिएको कोरोना बिशेष अस्थायी अस्पताल, आजबाट भेन्टीलेटर जडित आईसियु सेवा सहित संचालनमा आएको छ ।

कोरोना भाईरसले बिश्वब्यापी रुप ग्रहण गरेसंगै बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशीक अस्पतालले संयुक्त रुपमा बन्द अवस्थामा रहेको धागो कारखानालाई कोरोना बिषेश अस्थायी अस्पतालकारुपमा संचालन गरेका थिए ।

अस्पतालको आईसियु कक्षको आज प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले अनौपचारीकरुपमा उदघाटन गर्नुभएको छ । औपचारिक कार्यक्रम बिना मुख्यमन्त्री पोखरेलबाट अस्पताल संचालनको शुभकामना दिएर आईसियु कक्षको उदघाटन गरिएको थियो ।

मुख्यमन्त्री पोखरेलले कोरोनासंग लड्ने मुख्य उपाए लकडाउनको पालना गर्ने र सामाजिक दुरी कायम गर्नु नै भएको बताउनुभयो । उहांले प्रदेश नम्बर ५ का ४ स्थानमा आईसियु कक्ष सहितको बिशेष अस्पताल तयार भईसकेको जानकारी समेत दिनुभयो ।

प्रदेशसमा रुपन्देहीमा २, दाङ र नेपालगन्जमा १, १ कोरोना बिशेष अस्पताल संचालनमा आएकाछन् । कार्यक्रममा लुम्बिनी प्रादेशसिक अस्पताल बिकास समितीका अध्यक्ष सुर्य भट्टराईले अस्पताल निर्माणमा सहयोग गर्ने दाताहरुको बिवरण प्रस्तुत गर्दै सबैलाई धन्यबाद ब्यक्त गर्नुभएको थियो ।

चैत्र १० गते देखि आईसोलेसन सेवा आरम्भ गरिएको उक्त अस्पतालमा गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको सहयोगमा सघन उपचार कक्ष (आईसियु) निर्माण गरिएको हो ।

सुरुमा भेन्टीलेटर सहितको आईसियु कक्ष बिना नै अस्पताल संचालन गरिएपनि अस्पताल संचालनमा आएको २० दिन पछि अस्पतालमा सुबिधासम्पन्न आईसियु कक्ष सहित अस्पताल संचालनमा आएको छ ।

उक्त सघन उपचार कक्ष (आईसियु) स्थापनामा करीव २ करोड लगानी भएको जनाईएको छ । आठ थान आईसियुका बेड सहित आवश्यक ४ थान भेन्टिलेटर, ८ थान मनिटर लगायतका उपकरणहरु मुटु अस्पतालले सहयोग गरेको जनाएको छ ।

उक्त आईसिुय कक्षका लागि रुपन्देहीका संघ संस्थाहरुको सञ्जालले करीव ४१ लाख रुपैया सहयोग उपलब्ध गराउने तयारी गरेको छ भने अस्पतालका लागि आबश्यक ३० वटा अस्थायी शौचालय निर्माण व्यावसायी संघ रुपन्देहीले निर्माण गरिदिएको छ ।

उक्त अस्पतालका लागि आबश्यक पर्ने थप रकम बुटवल उपमहानगरपालिका, लुम्विनी प्रादेशिक अस्पताल र प्रदेश सरकारले उपलब्ध गराउने छन ।

हाल ४ वटा भेन्टिलेटर र ८ वटा आइसियु शैया राखिएको अस्पतालको आइएसियु कक्षमा थप १२ शैया हुने र २० शैयाको आइसियु हुने लुम्बिनी प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.राजेन्द्र खनालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ७ : ०६ बजे

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा