५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

बुटवलमा भेन्टिलेटर र आईसीयूसहितको कोरोना उपचार अस्पताल संचालन, मुख्यमन्त्री पोखरेलद्धारा अबलोकन



बुटवल । कोरोना भाइरसको उपचारका लागि बुटवलको धागो कारखानामा स्थापना गरिएको कोरोना बिशेष अस्थायी अस्पताल, आजबाट भेन्टीलेटर जडित आईसियु सेवा सहित संचालनमा आएको छ ।

कोरोना भाईरसले बिश्वब्यापी रुप ग्रहण गरेसंगै बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशीक अस्पतालले संयुक्त रुपमा बन्द अवस्थामा रहेको धागो कारखानालाई कोरोना बिषेश अस्थायी अस्पतालकारुपमा संचालन गरेका थिए ।

अस्पतालको आईसियु कक्षको आज प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले अनौपचारीकरुपमा उदघाटन गर्नुभएको छ । औपचारिक कार्यक्रम बिना मुख्यमन्त्री पोखरेलबाट अस्पताल संचालनको शुभकामना दिएर आईसियु कक्षको उदघाटन गरिएको थियो ।

मुख्यमन्त्री पोखरेलले कोरोनासंग लड्ने मुख्य उपाए लकडाउनको पालना गर्ने र सामाजिक दुरी कायम गर्नु नै भएको बताउनुभयो । उहांले प्रदेश नम्बर ५ का ४ स्थानमा आईसियु कक्ष सहितको बिशेष अस्पताल तयार भईसकेको जानकारी समेत दिनुभयो ।

प्रदेशसमा रुपन्देहीमा २, दाङ र नेपालगन्जमा १, १ कोरोना बिशेष अस्पताल संचालनमा आएकाछन् । कार्यक्रममा लुम्बिनी प्रादेशसिक अस्पताल बिकास समितीका अध्यक्ष सुर्य भट्टराईले अस्पताल निर्माणमा सहयोग गर्ने दाताहरुको बिवरण प्रस्तुत गर्दै सबैलाई धन्यबाद ब्यक्त गर्नुभएको थियो ।

चैत्र १० गते देखि आईसोलेसन सेवा आरम्भ गरिएको उक्त अस्पतालमा गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको सहयोगमा सघन उपचार कक्ष (आईसियु) निर्माण गरिएको हो ।

सुरुमा भेन्टीलेटर सहितको आईसियु कक्ष बिना नै अस्पताल संचालन गरिएपनि अस्पताल संचालनमा आएको २० दिन पछि अस्पतालमा सुबिधासम्पन्न आईसियु कक्ष सहित अस्पताल संचालनमा आएको छ ।

उक्त सघन उपचार कक्ष (आईसियु) स्थापनामा करीव २ करोड लगानी भएको जनाईएको छ । आठ थान आईसियुका बेड सहित आवश्यक ४ थान भेन्टिलेटर, ८ थान मनिटर लगायतका उपकरणहरु मुटु अस्पतालले सहयोग गरेको जनाएको छ ।

उक्त आईसिुय कक्षका लागि रुपन्देहीका संघ संस्थाहरुको सञ्जालले करीव ४१ लाख रुपैया सहयोग उपलब्ध गराउने तयारी गरेको छ भने अस्पतालका लागि आबश्यक ३० वटा अस्थायी शौचालय निर्माण व्यावसायी संघ रुपन्देहीले निर्माण गरिदिएको छ ।

उक्त अस्पतालका लागि आबश्यक पर्ने थप रकम बुटवल उपमहानगरपालिका, लुम्विनी प्रादेशिक अस्पताल र प्रदेश सरकारले उपलब्ध गराउने छन ।

हाल ४ वटा भेन्टिलेटर र ८ वटा आइसियु शैया राखिएको अस्पतालको आइएसियु कक्षमा थप १२ शैया हुने र २० शैयाको आइसियु हुने लुम्बिनी प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.राजेन्द्र खनालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ७ : ०६ बजे

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय