२ असार २०८२, सोमबार | June 16, 2025

कोरोना संकटका कारण नेपाली अर्थतन्त्रमा गम्भीर संकट पर्ने, आर्थिक वृद्धिदर बढीमा २ दशमलब ८ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण



काठमाडौ । कोरोना संकटका कारण नेपाली अर्थतन्त्रमा गम्भीर संकट पर्ने देखिएको छ । विश्व बैंकले आज एक प्रक्षेपण गर्दै कोरोना भाइरसका कारण नेपालको अर्थतन्त्रले गम्भीर संकटको सामना गर्नुपर्ने आंकलन गरेको हो ।

विश्व बैंकले आर्थिक वृद्धिदरमा पनि उच्च गिरावट आउने निस्कर्ष निकालेको छ । दक्षिण एसियाली देशहरुको आर्थिक अवस्थाबारे रिर्पोट सार्वजनिक गर्दै विश्व बैंकले अर्थतन्त्रमा पर्ने संकटको असर न्यूनिकरण गर्न विशेष ध्यान दिनुपर्ने जनाएको छ ।

सन् २०२० मा परेको असर न्यूनीकरणमा बढी ध्यान दिनुपर्दा त्यसपछिका लगातार दुई आर्थिक वर्षको आर्थिक वृद्धि दरमा समेत असर पुग्ने आंकलन विश्व बैंकको रहेको छ । नेपालको अहिलेको आर्थिक वृद्धिदर ७ प्रतिशतको हाराहारीमा रहेको छ ।

एसियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर ४.३ देखि ५.३ प्रतिशतको बीचमा रहने प्रक्षेपण गरेको थियो । विश्व बैंकले भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका मालदिभ्स, अफगानिस्तानको आर्थिक वृद्धदर समेत घट्ने प्रक्षेपण गरेको छ ।

श्रीलंका, मालदिभ्स, पाकिस्तान र अफगानिस्तानको आर्थिक वृद्धिदर ऋणात्मक हुने बैंकले अनुमान बैंकको छ । पर्यटनमा आधारित दक्षिण एशियाली मुलुकहरुको अर्थतन्त्र सबैभन्दा बढी धरासायी हुने बंैकले प्रक्षेपण गरेको छ ।

नेपाल लगायतका दक्षिण एशियाली देशहरुमा रेमिटयान्समा उल्लेख्य कमी आउंदा आर्थिक वृद्धिलाई प्रभावित पार्ने देखिन्छ । पर्यटन, व्यापार र औद्योगिक उत्पादन एवं त्यसको खपतमा कमीले आर्थिक वृद्धिदरलाई प्रभावित बनाउनेछ ।

पर्यटन, खुद्रा व्यापार र अनौपचारिक क्षेत्रमा काम गर्ने मानिसहरु कोभिडले बढी प्रभावित हुने छन् भने सामाजिक असमानताका कारण धनी र गरिब बीचको खाडल अझ बढी देखिने बैंकले उल्लेख गरेको छ ।

अर्थतन्त्रमा परेको प्रभाव नियन्त्रणका लागि सरकारहरुले उचित नीति ल्याउनुपर्ने सुझाव पनि विश्व बैंकले दिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ७ : १० बजे

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका कार्यक्रम कार्यान्वयन अनुभवका

मुस्ताङमा स्याउ बगैचाभित्र जौ खेती : दोहोरो आम्दानी

मुस्ताङ । मुस्ताङका किसानले स्याउको बगैँचाभित्र अन्तरबाली लगाएर दोहोरो आम्दानी

ट्रम्प विरूद्धको निरन्तर ‘नो किंग्स’ आन्दोलनले अमेरिकामा तनाव

काठमाडौं । अमेरिकाको चरित्र पनि आफैमा अद्वितीय रहेको छ। समा

सम्पर्क बाहिर रहेका धवल शमसेर राणा अदालतमा उपस्थित

काठमाडौँ । उपचार प्रयोजनार्थ भन्दै हाजिरी जमानीमा छुटेपछि प्रहरी सम्पर्क

आज एघारौं चुरे संरक्षण दिवस मनाईंदै

काठमाडौँ । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापनाले अवसर