१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

२०७७ सालको वार्षिक राशिफल यस्तो छ



मेष : (चु, चे, चो, ल, लि, लु, ले, लो, अ) तपाईंको लागि २०७७ उत्तम नै छ । एकसाथ प्राप्त हुने अवसर र चुनौतीको संक्रमणबाट केही वस्तु गुमाउनुपरे पनि यो वर्ष विशेष उपलब्धि प्राप्त हुनाले जीवनस्तरमा सुधार ल्याउन सफल भइनेछ ।

वर्षारम्भमा केही खर्च र संघर्ष गर्नुपरे पनि कर्मयोग बलियो रहनेछ । बृहस्पतिको अनुकूलताले धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ । अध्ययनमा अभिरुचि बढ्नुका साथै उल्लेख्य प्रगति हातपार्न सफल भइनेछ । प्रतिभाको उच्च मूल्यांकन हुनेछ भने सामाजिक रूपमा ख्याति बढ्नेछ ।

धेरैलाई फाइदा हुने काम सम्पादन गर्दै नाम, दाम र इनाम हातपार्ने समय छ । वर्षको मध्यतिरनोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ । व्यापारमा मनग्गे लाभ हुनाले आर्थिक स्थितिमा सुधार आउनेछ ।

सवारी तथा चल-अचल सम्पत्ति जोड्ने प्रबल योग देखिन्छ । स्वास्थ्येमा पेट सम्बन्ध समस्यले सताउन सक्छ । वर्षको उत्तरार्द्धमा अझ सफलता हासिल हुनेछन् । समग्रमा भदौ ,पुष र फागुन महिना धेरै अनुकूल छ ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वू , वे, बो) तपाईंको लागि २०७७ साल उत्तम छ । चिताएको कामले पूर्ण होला । नवौं वृहस्पतिले भाग्यशक्ति बलियो बन्दै जाला । पति पत्निबीचको सम्बन्धले दाम्पत्य जीवन सुखद स्थितमा रम्ला ।

दाजुभाई दिदीबहिनीको सहयोगले प्रभावशाली बनाउला । नोकरीमा समाजोपयोगी कार्यको प्रशंसा सर्वत्र होला । राजनैतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्व विकासमा टेवा पुर्याउला । अध्ययनमा उच्चता हाँसिल होला । वैदेशिक रोजगारीले जीवनस्तर सुधार्नमा मद्दत गर्ला । जग्गा जमिनको कारोबारले नै होला ।

वर्षभरि विभिन्न उतारचढाव आउनेछन । वर्षको पूर्वार्ध र अन्त्य समयमा बृहस्पतिको अनुकूलताले विभिन्न अवसर प्राप्त हुनेछन । केही परिस्थितिसँग सम्झौता गर्नुपरे पनि यस बीचको मिहिनेतले दिगो फाइदा दिलाउनेछ । श्रावण २१ गतेदेखि मंसिर १ गतेसम्म अढैया शनि दशा छ । जसले मानसिक असंयम व्यवहारले समस्या निम्त्याउनेछ भने निकटजनहरूसँग बिनाकारण टाढिनुपर्ने स्थिति आउन सक्छ ।

अध्ययनमा राम्रो नतिजा हासिल हुनेछ । नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने सम्भावना छ । लगनशीलताले विदेश जाने अवसरसमेत दिलाउन सक्छ।

घरमा मंगलमय कार्य सम्पादन हुनेछ । प्रेम सम्बन्ध वैवाहिक बन्धनतर्फ अघि बढ्नेछ । समग्रमा असोज , मंसिर र माघ महिना अझ उत्तम रहने छ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, ह) तपाईंको लागी २०७७ साल सामान्य रहेकोे छ । पठन पाठान र व्यवसायमा राम्रो प्रगति हुनेछ
। धनधान्यको वृद्धि मानसिक प्रसन्नता हुने छ । बिपरित लिङ्गको सहयोग मिल्ने, प्रेम प्रसङ्ग पनि अनुकूल नै रहने छ ।

राज्य क्षेत्र बाट भने त्यति राम्रो छैन । जग्गाजमिन सम्बन्धि कारोबारमा पनि झमेला हुन सक्छ । भाग्यले जीवनसाथी जुराउनेछ भने गृहस्थी सुखसागरमा रमाउनेछ । मिहिनेतले उत्तम रोजगारी दिलाउन सक्छ । श्रावण २१ गतेसम्म र मंसिर १ गतेपछि अढैया शनि छ । यात्रामा व्यवधान आउनेछ भने वैदेशिक रोजगारीमा पनि समस्या उपस्थित हुनेछ ।

दीर्घकालीन योजना नहुँदा उपलब्धिबिनै समय व्यतीत हुनेछ । असोज पछि स्थितिमा सुधार आउनेछ भने शत्रु परास्त हुनुका साथै गुमेको अवसर पुनस् प्राप्त हुनेछ । कृषि तथा पशुपालनमा फाइदा हुनेछ । नोकरीमा प्रवेश तथा पदोन्नति हुने बलियो सम्भावना छ । वर्षान्ततिर अध्ययनले गति लिनेछ भने, विदेशयात्राको अवसर समेत प्राप्त हुने देखिन्छ ।

नोकरीमा पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ । विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ । बर्षको मध्य केहि प्रतिकुल रहेपनी समग्रमा बैशाख, भदौ, मंसिर र चैत उत्तम छन् ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) तपाईंको लागी २०७७ साल आफ्नो पक्षमा रहेको छ । जागीर नोकरीमा प्रवेश एवं पदोन्नति हुन । सक्छ । राजनीतिमा लाग्नेहरूलाई विशेष पद प्राप्त हुने सम्भावना छ ।

भाग्यले घरजग्गा लगायत स्थायी सम्पत्ति दिलाउन सक्छ । उद्योगधन्दा र व्यवसायमा विशेष फाइदा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै सुमधुर दाम्पत्य एवं सन्तान सुख प्राप्त हुनेछ । विद्यार्थीहरूका लागि वर्षको प्रारम्भ र अन्त्य बढी उपलब्धिमूलक रहनेछ ।

भौतिक साधन जुट्नुका साथै कृषिकर्म र चौपायाबाट प्रशस्त लाभ हुनेछ । बर्षको मध्ये तिर फजुल खर्च एवं वादविवाद निम्त्याउने र उप्रान्त शीर्षभावमा प्रवेश गरी गलत बाटोतर्फ अग्रसर गराउने सम्भावना छ । असोज पछी बृहस्पतिको स्थानान्तरणले कामको दायित्व बढाउनेछ । तर, उच्च महत्वाकांक्षाले प्रश्रय पाउने हुँदा बुद्धि-विवेकले काम लिन नसकिएला ।

शुभचिन्तकहरूले पनि साथ दिन छोड्नेछन् । साझेदारीमा विवाद र पारिवारिक मतभेद देखापर्ने हुँदा संयमतापूर्वक काम लिनुपर्नेछ । समग्रमा वैशाख, जेठ भाद्र, कार्तिक र पुस महिना बढी लाभदायक रहनेछन् ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टी, टु, टे) तपाईंको लागी २०७७ साल राम्रो छ । यो वर्ष अवसरले दिने उत्साहलाई विविध चुनौती र संघर्षमय संक्रमण पार गर्दै खुसीमा रूपान्तरण गर्न सफल भइनेछ ।

नोकरीमा प्रवेश वा पदोन्नति, व्यापारमा वृद्धि तथा राजनीतिमा आंशिक सफलता प्राप्त हुने योग छ । कृषिमा उत्पादन बढ्नेछ भने पशुपालनमा पनि फाइदा हुनेछ । व्यापार व्यवसायले भने जीवनस्तर सुधार्ला । खेती किसानीमा उच्चता । अनावश्यक खर्च नियन्त्रणशिलता बढ्ला । धार्मिक गतिविधिले मानसिक शान्ति स्थिरतातर्फ लैजाला ।

सवारी लगायत दैवीय दुर्घटनामा न्यूनताको आभास मिल्ला । भाग्यशक्ति निकै उर्वर ।बन्दै गएको अनुभूति पाइएला । राजनैतिक गतिविधिमा प्रशंसायोग्य कार्यले स्याबासी दिलाउला । नोकरीमा ख्याती बढ्ने कामहरु होलान । समग्रमा जेठ, असार, मङ्सिर र माघ महिना शुभ छन् ।

कन्या : (टो, प, पि, पु, ष, ण, ठ, पे, पो ) तपाईंको लागि २०७७ साल आफ्नो पक्षमा रहेको छ । एकसाथ प्राप्त हुने अवसर र चुनौतीको संक्रमणबाट केही वस्तु गुमाउनुपरे पनि यो वर्ष विशेष उपलब्धि प्राप्त हुनाले जीवनस्तरमा सुधार ल्याउन सफल भइनेछ ।

वर्षारम्भमा केही खर्च र संघर्ष गर्नुपरे पनि कर्मयोग बलियो रहनेछ । बृहस्पतिको अनुकूलताले धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ । अध्ययनमा अभिरुचि बढ्नुका साथै उल्लेख्य प्रगति हातपार्न सफल भइनेछ । प्रतिभाको उच्च मूल्यांकन हुनेछ भने सामाजिक रूपमा ख्याति बढ्नेछ । धेरैलाई फाइदा हुने काम सम्पादन गर्दै नाम, दाम र इनाम हातपार्ने समय छ ।

वर्षको मध्यतिर नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ । व्यापारमा मनग्गे लाभ हुनाले आर्थिक स्थितिमा सुधार आउनेछ । सवारी तथा चल-अचल सम्पत्ति जोड्ने प्रबल ग्रहयोग देखिन्छ । वाणी प्रभावकारी रहनाले महत्वपूर्ण व्यक्तित्वको सामिप्यतामा रमाउन पाइएला ।

आमाबाबु लगायत दाजुभाई दिदीबहिनीको सद्भाव प्राप्त होला । सन्तानबाट सुख पाइएला । इष्टमित्रबाट सहानुभूतिको अपेक्षा गर्न सकिन्छ । भाग्यशक्ति निकै मजबुत रहला । दैवीय दुर्घटनाका विपत्तिहरु निराकरण होला । समग्रमा असार , साउन ,पुस र फागुन महिना उत्तम छन् ।

तुला : ( रा, रि, रू, रे, रो, ता, ती, तु, ते) तपाईंको लागि २०७७ साल सामान्य छ । श्रावण २१ गतेसम्म र मंसिर १ गतेपछि अढैया शनि दशा छ । जसले मानसिक असंयम व्यवहारले समस्या निम्त्याउनेछ भने निकटजनहरूसँग बिनाकारण टाढिनुपर्ने स्थिति आउन सक्छ ।

यात्रामा व्यवधान आउनेछ भने वैदेशिक रोजगारीमा पनि समस्या उपस्थित हुनेछ । अप्ठ्यारो परिस्थितिमा सुनिश्चित कामसमेत अवरुद्ध बन्नेछन् भने आफ्नो सम्पत्तिमाथि अरूले अधिकार जमाउन सक्छन् ।

श्रावण २१ देखि स्थितिमा सुधार आउनुका साथै आफन्तहरूको सहयोग प्राप्त हुनेछ । वृहस्पतिको अनुकुललाले बौध्दिकस्तर उच्चतहको रहनाले पढाईलेखाई तथा परीक्षा प्रतियोगिताहरु सफल होलान । राजनीतिले योग्यताको वृध्दि गर्ला ।

नोकरीबाट प्रशंसायोग्य कार्यको चर्चा होला । सन्तानहरु आग्याकारी होलान् पतिपत्नीबीच सौहार्दपूर्ण व्यवहारले दाम्पत्य जीवन सुखद बन्ला । बर्षको उत्तरार्ध अनुकुल नै रहने देखिन्छ । साधारण तया श्रावण, भाद्र, माघ र चैत महिना शुभ रहेको छ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यी, यु) तपाईंको लागि २०७७ सामान्य छ । श्रावण २१ गतेदेखि मंसिर १ गतेसम्म साढेसाति शनिको प्रभावले सामान्य अनिष्ठताको प्रवलता रहे पनि अन्य ग्रहको अनुकूलताले यस वर्ष सामान्य प्रकारले गुज्रिएला ।

भाग्यशक्ति कमजोर देखिनाले कमजोर मनोवाञ्छितकार्यमा विलम्वता आउला । मंसिर पछि व्यवसायतर्फ उतारचढाव आए पनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । कीर्तिमानी काम गर्दै नाम, दाम र इनाम हातपार्ने समय छ ।

अध्ययनले नयाँ गति लिनेछ भने व्यावहारिक ज्ञानको उचाइमा वृद्धि हुनेछ। पढाइ तथा रोजगारीका सिलसिलामा देश-विदेश घुम्ने अवसर जुर्न सक्छ । भाग्यले मन मिल्ने प्रेमपात्र जुराउनुका साथै यो वर्ष लगनगाँठोसमेत कसिने बलियो सम्भावना देखिन्छ । गृहस्थी सुखद् र आनन्दमय रहनेछ । धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ ।

वर्षको उत्तरार्धमा सन्तानसुखको योग रहेको छ । आमाबाबुको आशिर्वाद पर्याप्त रहला । सन्तान आग्याकारी बन्लान । इष्टमित्र पनि सहयोगी देखिएलान ।पतिपत्नीमा प्रेमयुक्त वातावरणले दाम्पत्य जीवन सुखी होला ।

बौद्धिकस्तरको उच्चताले पठनपाठनसहित प्रतियोगिताहरु सफल बनाउला । कृषिको कामबाट फाइदा नै होला । समग्रमा वैशाख , जेठ, भदौ र पुस महिना अझ शुभ रहने छन् ।

धनु : ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) तपाईंको लागि २०७७ साल मध्यम छ । वर्ष भरि शनिको मध्य र अन्त्य साँढेसाती दशाले नराम्रो अवस्था देखिए पनि अन्य समयमा भने सुखद फलको अपेक्षा गर्न सकिन्छ ।

वाणी प्रभावशाली बन्न नसक्दा समस्या उत्पन्न होल । ईर्ष्या गर्नेहरूले चर्को आलोचना गर्नेछन् । चिताएको काममा अवरोध आउन सक्छ । ठूला अधिकारीसँगको विवादले नोकरीमा असहज अवस्था आउने सम्भावना छ ।

झुटा आरोप, काममा विलम्ब, आर्थिक कठिनाइ र मानहानिको योग भएकाले होसियार रहनुहोला । अत्यधिक खर्च लागे पनि प्रयत्न गर्दा देशविदेशको यात्रा गर्ने अवसर प्राप्त हुने देखिन्छ । अध्ययनमा सुरुमा समय दिन नसकिए पनि वर्षान्तमा राम्रै प्रगति हुनेछ ।

परिस्थिति अनुकूल बन्नाले वर्षान्ततिर पहिले रोकिएका कामहरू पनि सम्पादन हुनेछन् । समग्रमा वैशाख, भदौ, असोज र फागुन महिनामा गरेका प्रयासहरू सफल हुनेछन् ।

मकर : (भो, जा, जि, खि, खु, खे, खो, गा, गि) तपाईंको लागि २०७७ साल मध्यम छ । वर्षभरि आद्य र मध्य साढेसाती शनि रहने हुँदा फजुल खर्च बढ्नुका साथै कर्मयोगमा अवरोध आउने देखिन्छ ।

झुटा आरोप, काममा विलम्ब, आर्थिक कठिनाइ र मानहानिको योग भएकाले होसियार रहनुहोला । खर्च बढेपनि प्रयत्न गर्दा देशविदेशको यात्रा गर्ने अवसर प्राप्त हुने देखिन्छ । अध्ययनमा सुरुमा समय दिन नसकिए पनि वर्षान्तमा राम्रै प्रगति हुनेछ ।

परिस्थिति अनुकूल बन्नाले वर्षान्ततिर पहिले रोकिएका कामहरू पनि सम्पादन हुनेछन् । वर्षको उत्तरार्द्धमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । विधिपूर्वक शनिदेवको शान्ति गर्दा वर्षभरि देखापर्ने प्रतिकूलताबाट बच्न सकिनेछ ।

शनिबार पीपलमा जल चढाउनाले र लक्ष्मीनारायणको उपासना साढेसातीजन्य दोष शान्त भई लाभ मिल्नेछ । समग्रमा असार , कार्तिक र मंसिर महिना उत्तम छन् ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, द) तपाईंको लागि २०७७ साल उत्तम रहेको छ । अग्रजहरूको सहयोग र सद्भाव प्राप्त हुनाले महत्वाकांक्षी काम प्रारम्भ गर्न सकिनेछ । तारिफयोग्य काम सम्पादन गर्नाले थप अवसर प्राप्त हुनेछन् ।

प्रेमको गाँठो कसिनुका साथै वैवाहिक बन्धनमा बाँधिने साइत जुर्न सक्छ । समाजसेवा एवं परोपकारी काममा मन जानेछ । श्रावण २१ गतेसम्म र मंसिर १ गतेपछि आद्य साढेसाती हुँदा फजुल खर्च बढ्नुका साथै कर्मयोगमा अवरोध आउने देखिन्छ ।

आमाबाबुको र इष्टमित्रको सद्भाव प्रयाप्त रुपमा नपाइएला । राजनीतिले समाजमा तिरस्कारको वातावरण निम्त्याउला । नचाहिदो खर्च कटौतीमा सक्षमता बढ्ला । बौद्धिकता सुधारोन्मुक अवस्थाम जानाले परीक्षा प्रतियोगिताहरु सफल बन्दै जाला ।

व्यापार व्यवसायबाट आन्दानी मनग्ये होला । पशु पंक्षिपालनबाट पनि उन्नतिमार्ग विस्तार होला । जग्गाजमिन सम्बन्धि कार्यबाट फाइदा नै होला । धार्मिक गतिविधिले मानसिक शान्ति स्थिरतातर्फ लैजाला । समग्रमा साउन , मंसिर र पुस महिना शुभ छन् ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) तपाईंको लागि २०७७ साल राम्रो छ । नोकरीमा प्रवेश वा पदोन्नति, व्यापारमा वृद्धितथा राजनीतिमा आंशिक सफलता प्राप्त हुने योग छ ।

कृषिमा उत्पादन बढ्नेछ भने पशुपालनमा पनि फाइदा हुनेछ । व्यवसायतर्फ उतारचढाव आए पनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । कीर्तिमानी काम गर्दै नाम, दाम र इनाम हातपार्ने समय छ ।

अध्ययनले नयाँ गति लिनेछ भने व्यावहारिक ज्ञानको उचाइमा वृद्धि हुनेछ । पढाइ तथा रोजगारीका सिलसिलामा देश–विदेश घुम्ने अवसर जुर्न सक्छ । भाग्यले मन मिल्ने प्रेमपात्र जुराउनुका साथै यो वर्ष लगनगाँठोसमेत कसिने बलियो सम्भावना देखिन्छ ।

गृहस्थी सुखद् र आनन्दमय रहनेछ । धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ । वर्षको उत्तरार्धमा सन्तानसुखको योग रहेको छ । स्वास्थ्यमा टाउको तथा नसा-जोर्नीमा समस्या देखापर्ने सम्भावना छ । यद्यपि आर्थिक हिसाबले असार , भदौ ,पुस र माघ महिना शुभ छन् ।

(लेखक नेपाल ज्योतिष परिषद् रूपन्देहीका अध्यक्ष हुन् )

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ८ : २६ बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले