७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

राहत कोषमा नेपाली काँग्रेस तिलोत्तमाद्धारा २ लाख १ हजार सहयोग



तिलोत्तमा । तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा नेपाली काँग्रेस तिलोत्तमा नगर समितिले २ लाख १ हजार रुपैंयाँ सहयोग गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पार्टीले २ लाख १ हजार रुपैयाँ सहयोग गरेको हो ।

नगर प्रमुख बासुदेव घिमिरेलाई सहयोग रकमको चेक हस्तान्तरण गर्दै नेपाली काँग्रेसका नगर सभापति हरिलाल पाण्डेले विश्वमा महामारीको रूपमा फैलिरहेको नोबल कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालमा समेत देखापरेको सन्दर्भमा एकद्वार प्रणालीबाट खर्च गर्ने गरी तिलोत्तमा नगरपालिकाले स्थापना गरेको कोषमा रकम सहयोग गरिएको बताउनुभयो ।

कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको कारण प्रभावित विपन्न वर्गका घरपरिवारलाई राहत सहयोग पुगोस भनेर पार्टीको तर्फबाट रकम सहयोग गरिएको सभापति पाण्डेले बताउनुभयो । उहाँले हरेक विपतको घडीमा नेपाली काँग्रेस तिलोत्तमा सदैव जनताको साथमा रहने बताउनुभयो ।

सो अवसरमा तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले नेपाली काँग्रेस तिलोत्तमाले गरेको सहयोगको प्रशंसा गर्दै राहत वितरण कार्य विभेदरहित र पारदर्शी भैरहेको बताउनुभयो । विपद्को सबै मिलेर सामना गर्नुपर्नेमा उहाँले जोडदिनुभयो ।

सहयोग रकम नेपाली काँग्रेस तिलोत्तमा नगर समिति र सबै वडा समितिलाई परिचालन गरी संकलन गरेर एकमुष्ट रुपमा नगरपालिकालाई हस्तान्तरण गरिएको सचिव शिव गैरेले जानकारी दिनुभयो ।

यसैबीच तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा हालसम्म झण्डै नगद ५० लाख रुपैंयाँ संकलन भएको छ । कोषमा तिलोत्तमा नगरपालिकाका कर्मचारी तथा शिक्षकहरुको तीन दिन बराबरको तलबबाट १७ लाख २ हजार ६६५ रुपैंयाँ कोषमा जम्मा भएको लेखा अधिकृत रमेश बस्यालले जानकारी दिनुभयो ।

कोषमा राजनीतिक दल, जनप्रतिनिधि, विभिन्न व्यक्ति, संघ—संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी, विद्यालय, क्लव, व्यवसायिक प्रतिष्ठानलगायतले सहयोग गरेका छन् । सबैभन्दा धेरै सहयोग सहकारी क्षेत्रबाट प्राप्त भएको लेखा अधिकृत बस्यालले बताउनुभयो ।

नगरपालिकाको आह्वानअनुसार नगरमा रहेका सहकारी, बैंक तथा वित्तीय संस्था, व्यक्ति, विद्यालय, क्लव, आमा समूह, व्यवसायिक प्रतिष्ठानले नगरपालिकाको कोषमा राहत रकम जम्मा गरेका हुन् ।

यसअघि नैं स्थापना गरिएको कोषलाई कोरोना महामारी रोकथाम, पूर्वतयारी तथा उपचारको सन्दर्भमा मजबुद बनाउन नगरपालिकाले गरेको अपिलअनुसार हालसम्म झण्डै ५० लाख नगद संकलन भएको हो ।

नगदको अतिरिक्त ७६ क्विन्टल चामल, एक क्विन्टल दाललगायतका खाद्यबस्तु समेत नगरपालिकालाई विभिन्न व्यक्ति तथा वित्तीय संस्थाहरुले प्रदान गरेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ८ : ०३ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल