१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरसकाे नयाँ सङ्क्रमित



धनगढी । कोरोना भाइरसका बिरामीको उपचार भइरहेको सेती प्रादेशिक अस्पताल धनगढीमा आज एकजना सङ्क्रमित थपिएका छन् । योसँगै यो अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ ।

सो अस्पतालले आज अपराह्न सार्वजनिक गरेको सूचनामा अस्पतालमा उपचाररत पाँचैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरिएको छ । आज मात्रै कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएका लम्कीचुहा नगरपालिका १ की ५२ वर्षीया महिलालाई सेती प्रदेशिक अस्पतालमा दिउँसो पु-याइएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको जाँचमा उनको नतिजा पोजेटिभ आएको हो । यसअघि उनको -यापिड डाइग्नोसिस टेष्टको नतिजा नेगेटिभ देखिएको थियो । यही चैत १८ गते उनी आफ्ना श्रीमान्, दुई नातिनातिनासहित वीरगञ्जबाट बसमार्फत कैलालीको लम्की पुगेका छन्। उनका छोराबुहारी भने भारतमा रहेको जनाइएको छ ।

बसबाट लम्की झरेका उनीसमेत १७ जनालाई त्यसै दिन नजीकैको क्वारेन्टाइनमा राखिएको थियो । -यापिड डाइग्नोसिस टेष्टको नतिजा नेगेटिभ आएपछि चैत २९ गते उनीहरुलाई घर फिर्ता गरिएको थियो । अस्पतालको सूचनामा हालसम्म अस्पतालबाट प्रयोगशाला जाँच गरिएकामध्ये कोभिड—१९ को पोजेटिभ पाँचजनामा देखिएको, ९८ जनाको नतिजा नेगेटिभ आएको र १९ जनाको नतिजा आउन बाँकी रहेको समेत उल्लेख गरिएको छ ।

शुरुमा दुबइबाट फर्किनुभएका धनगढी उपमहानगरपालिकाका ३४ वर्षीय पुरुषमा यो रोगको सङ्क्रमण भएको पुष्टि भएको थियो । त्यसको केही दिनपछि नजानिँदो ढङ्गले सम्पर्कमा आएकी उनकी ३४ वर्षीया भाउजूमा कोरोना देखिएको थियो । सोही दिन कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष र कैलालीको लम्कीका अर्का पुरुषमा पनि कोरोना देखिएको पुष्टि भएकामा आज लम्कीका महिलामा कोरोना देखिएको पुष्टि भएको हो ।

सङ्क्रमितको संसर्गमा आउनेको खोजी

कोरोनाको सङ्क्रमण भएको पुष्टि भएकी लम्कीका महिलासँगै क्वारेन्टाइनमा बस्ने थप १६ जनालाई आज पुनः क्वारेन्टाइनमा राखिएको छ । सङ्क्रमितसँगै वीरगञ्जबाट एउटै बसमा आएकाहरुको पहिचान भई सम्बन्धित जिल्लालाई भनी सकिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए ।

सो बसमा आउने ३४ मध्ये सबैभन्दा बढी कैलाली २६, सुर्खेतका पाँच, दाङ, अर्घाखाँची र दैलेखका एक–एक जना रहेको बुझिएको जिल्ला प्रहरी प्रवक्ता बस्नेतले बताउनुभयो । आज थप एकजनामा कोरोना भेटिएको पुष्टि भएसँगै सुदूरपश्चिम प्रदेशमा यो रोगको रोकथाममा चुनौती थपिएको छ ।

बाहिरबाट आएका व्यक्तिको संसर्गबाट स्थानीय एकजना मात्र यो रोग देखिनु तर बढी सङ्ख्यामा बाहिरबाट भित्रिनेमा देखिँदा बाहिरबाट आउनेको निगरानी कडाइका साथ गर्न जरुरी रहेको स्थानीय शिक्षक लेखराज ओझा बताउँछन् ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ८ : ५९ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान