८ चैत्र २०८२, आइतबार | March 22, 2026

युवाहरूको सक्रियतामा राहत वितरण



गुल्मी । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ७ वाग्लाका युवाहरूको समुहले विश्वभरि महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण र जारी लकडाउनका कारण दैनिकी सञ्चालन गर्न समस्यामा परेका परिवारलाई दैनिक जिविकोपार्जमा परेको कठिनाईलाई दृष्टिगत गरि राहत वितरण गरेका छन् ।

साविकको वाग्ला गाविस वडा नम्बर १ का अठार जना युवाहरूले रकम संकलन गरि १० परिवारलाई राहत सामाग्री वितरण गरेका हुन् । प्रति परिवार २५ किलो चामल, १ लिटर तेल, १ किलो नुन, २ किलो दाल, हातधुने साबुन, सोयाविन लगाएतका सामाग्री वितरण गरिएको संयोजक प्रकाश पौडेलले जानकारी दिए ।

साविकको वाग्ला गाविसका ९ वटा वडाबाट १० परिवारलाई छनोट गरि राहत वितरण गरिएको हो । वडा कार्यलयसँग समन्वय गरि वडाले छनोट गरेका १० परिवारलाई राहत सामाग्री वितरण गरिएको हो ।

कार्यक्रममा वडा अध्यक्ष हिम प्रसाद पन्थी, वडा सचिब गंगाराम घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ८ : ३४ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय