८ बैशाख २०८१, शनिबार | April 20, 2024

युवाहरूको सक्रियतामा राहत वितरण



गुल्मी । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ७ वाग्लाका युवाहरूको समुहले विश्वभरि महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण र जारी लकडाउनका कारण दैनिकी सञ्चालन गर्न समस्यामा परेका परिवारलाई दैनिक जिविकोपार्जमा परेको कठिनाईलाई दृष्टिगत गरि राहत वितरण गरेका छन् ।

साविकको वाग्ला गाविस वडा नम्बर १ का अठार जना युवाहरूले रकम संकलन गरि १० परिवारलाई राहत सामाग्री वितरण गरेका हुन् । प्रति परिवार २५ किलो चामल, १ लिटर तेल, १ किलो नुन, २ किलो दाल, हातधुने साबुन, सोयाविन लगाएतका सामाग्री वितरण गरिएको संयोजक प्रकाश पौडेलले जानकारी दिए ।

साविकको वाग्ला गाविसका ९ वटा वडाबाट १० परिवारलाई छनोट गरि राहत वितरण गरिएको हो । वडा कार्यलयसँग समन्वय गरि वडाले छनोट गरेका १० परिवारलाई राहत सामाग्री वितरण गरिएको हो ।

कार्यक्रममा वडा अध्यक्ष हिम प्रसाद पन्थी, वडा सचिब गंगाराम घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ८ : ३४ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल