८ चैत्र २०८२, आइतबार | March 22, 2026

कोरोना कहर : युरोपमा ८० हजार बढीको ज्यान गयो



एजेन्सी । चीनबाट सुरु भएको कोरोना भाइरस महामारीले सबैभन्दा ठूलो कहर युरोपमा मच्चाएको छ । युरोपेली देशहरुमा मात्रै कोरोना भाइरसका कारण करिब ८० हजार मानिसले ज्यान गुमाएका छन् ।

अहिले विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख १९ हजार ६९२ पुगेको छ । त्यसमध्ये युरोपमा मात्रै कोरोना संक्रमणका कारण ७९ हजार ९८९ को मृत्यु भइसकेको छ । त्यहाँ कोरोना संक्रमणका घटना विश्वको आधा देखिए पनि मृत्यु भने अन्य देशको तुलनामा उच्च देखिएको हो ।

यो समाचार तयार पार्दासम्म विश्वभर कुल संक्रमित संख्या १९ लाख २४ हजार ६७७ पुगेको छ । युरोपमा मात्रै ९ लाख ७ हजार ३८६ जनामा कोरोना संक्रमण फैलिएको छ।

स्पेनमा संक्रमण बढी

कोरोना भाइरसले सबैभन्दा बढी थला पारेको देशमा स्पेन र इटाली रहेका छन् । युरोपभरिकै सर्वाधिक संक्रमित रहेको देश स्पेन हो । यहाँ कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ९९ पुगेको छ ।

स्पेनमा अहिलेसम्म कोरोनाका कारण १७ हजार ७५६ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ५४७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने ३ हजार २६८ थप नयाँ संक्रमित भेटिएका छन् । तर स्पेनमा ६४ हजार ७२७ जना निको पनि भइसकेका छन् ।

इटालीमा ज्यान गुमाउनेको संख्या धेरै

कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेमा इटली युरोपभरिकै पहिलो नम्बरमा रहेको छ । तर विश्वभरिका आधारमा दोस्रो स्थानमा छ । पहिलो स्थानमा अमेरिका रहेको छ ।

अहिलेसम्म इटालीमा कोरोनाका कारणा २० हजार ४६५ जनाले ज्यान गुमाइसकेका छन् । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ५६६ जनाको मृत्यु भएको छ ।

इटलीमा कोरोना संक्रमित १ लाख ५९ हजार ५१६ पुगेका छन् । जसमा ३ हजार १५३ जना नयाँ संक्रमित देखिएका छन् । ३५ हजार ४३५ जना भने निको भइसकेका छन्, पछिल्लो समय स्पेन र इटलीमा नयाँ संक्रमण र मृत्युका घटना घट्दै गएको देखिन्छ ।

त्यसैगरी फ्रान्समा कोरोना संक्रमितको १ लाख ३६ हजार ७७९ पुगेको छ । मृत्यु हुनेको संख्या १४ हजार ९६७ पुगेको छ ।

त्यसैगरी बेलायतमा कोरोनाका कारण अहिलेसम्म ११ हजार ३२९ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या ८८ हजार ६१२ पुगेको छ ।

त्यस्तै, जर्मनीमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १ लाख ३० हजार ७२ पुगेको छ । ३ हजार १९४ जनाले मात्र कोरोनाका कारण ज्यान गुमाएका छन् ।

युरोपमा अन्य बढी प्रभावित देशमा बेल्जियम, नेदरल्यान्ड्स, स्वीजरल्यान्ड, रूस, पोर्चुगल, अस्ट्रिया, स्वीडेन लगायत रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ९ : ०९ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय