१० चैत्र २०७९, शुक्रबार | March 25, 2023

न्युयोर्क सिटीमा कोरोनाबाट थप ३७७८ को घरमै मृत्यु भएको खुलासा



न्युयोर्क । न्युयोर्क सिटीमा विगत केहीसातामा घरमै ३७ सय भन्दा बढीको मृत्यु भएको खुलासा भएको छ । अस्पतालमा भर्ना नभई घरमा नै मृत्यु हुनेहरुको संख्या ३७ सय भन्दा बढी रहेको न्युयोर्क सिटीले जनाएको छ ।

यो संख्या सम्भावित कोरोना भाइरसको संक्रमणका कारण मार्च ११ यता घरमै ज्यान गुमाएकाहरुको संख्या हो । यस्तो निष्कर्ष बिरामीमा देखिएको लक्षणका आधारमा निकालिएको न्युयोर्कका मेयर बिल ब्लाजिओले जानकारी दिएका छन् ।

यसरी घरमै मृत्यु हुनेहरु बु्रकलिनमा ६५६ जना, क्वीन्समा ५२७ जना, म्यानहटनमा ३३५ जना र ब्रोंक्समा ३५० जना रहेका छन् । स्टेटन आईल्याण्डमा ५० जना र अन्य ९ जना समेत रहेका छन् । कुल मृतकको संख्या ३७७८ रहेको छ । ५७ जना बाहेक अरु सबै मृतकहरु ४५ बर्ष काटेकाहरु हुन् ।

सम्भावित कोरोना संक्रमण भनिएकाहरुको ल्याब परीक्षण नभएतापनि उनीहरुको मृत्यु प्रमाणपत्रमा मृत्युको कारण कोभिड १९ वा त्यस्तै लक्षण उल्लेख गरिएको छ । अब न्युयोर्क सिटीमा कोरोना सम्बन्धित मृत्यु १० हजार नाघेको छ ।

न्युयोर्क सिटीको स्वास्थ्यविभागले कोरोना संक्रमणबाट अस्पतालमा भर्ना भएर मृत्यु हुनेहरुको संख्या ६ हजार ५ सय ८९ रहेको जनाएको छ । मंगलबार दिउसो सार्वजनिक गरिएको यो तथ्यांक सोमबार बेलुका ४ बजेसम्मको हो ।

मार्च ११ यता न्युयोर्क सिटीमा अरु ८ हजार १ सय ८४ को मृत्यु भएको छ । जसको कारण भने कोरोना संक्रमण नभएको जनाइएको छ ।

उनीहरुको कोरोना पोजेटिभ पनि देखिएको थिएन भने मृत्यु प्रमाणपत्रमा मृत्युको कारण कोरोनासँग मिल्दोजुल्दो कारण समेत उल्लेख छैन ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ९ : ४७ बजे

भैरहवामा पहिलो पटक इण्डो–नेपाल बक्सिङ खेल

भैरहवा । शनिबार भैरहवामा इण्डो(नेपाल बक्सिङ खेलको आयोजना हुने भएको

बीपीसीको विद्युत् महसुल निर्धारण प्रस्तावमा जनप्रतिनिधिको असन्तुष्टि

बुटवल । बुटवल पावर कम्पनी लिमिटेडले विद्युत् नियमन आयोगसमक्ष विद्युत्

कञ्चपुरकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु

धनगढी । नेपालको कैलाली(कंचनपुरसंग सीमा जोडिएको दुधवा नेसनल पार्क भित्र

आम जनता पार्टी र माओवादी समाजवादीबीच एकता

काठमाडौं । प्रभु साह नेतृत्वमा आम जनता पार्टी र नेकपा

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत प्राप्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत प्राप्त