५ श्रावण २०८३, मंगलबार | July 21, 2026

न्युयोर्क सिटीमा कोरोनाबाट थप ३७७८ को घरमै मृत्यु भएको खुलासा



न्युयोर्क । न्युयोर्क सिटीमा विगत केहीसातामा घरमै ३७ सय भन्दा बढीको मृत्यु भएको खुलासा भएको छ । अस्पतालमा भर्ना नभई घरमा नै मृत्यु हुनेहरुको संख्या ३७ सय भन्दा बढी रहेको न्युयोर्क सिटीले जनाएको छ ।

यो संख्या सम्भावित कोरोना भाइरसको संक्रमणका कारण मार्च ११ यता घरमै ज्यान गुमाएकाहरुको संख्या हो । यस्तो निष्कर्ष बिरामीमा देखिएको लक्षणका आधारमा निकालिएको न्युयोर्कका मेयर बिल ब्लाजिओले जानकारी दिएका छन् ।

यसरी घरमै मृत्यु हुनेहरु बु्रकलिनमा ६५६ जना, क्वीन्समा ५२७ जना, म्यानहटनमा ३३५ जना र ब्रोंक्समा ३५० जना रहेका छन् । स्टेटन आईल्याण्डमा ५० जना र अन्य ९ जना समेत रहेका छन् । कुल मृतकको संख्या ३७७८ रहेको छ । ५७ जना बाहेक अरु सबै मृतकहरु ४५ बर्ष काटेकाहरु हुन् ।

सम्भावित कोरोना संक्रमण भनिएकाहरुको ल्याब परीक्षण नभएतापनि उनीहरुको मृत्यु प्रमाणपत्रमा मृत्युको कारण कोभिड १९ वा त्यस्तै लक्षण उल्लेख गरिएको छ । अब न्युयोर्क सिटीमा कोरोना सम्बन्धित मृत्यु १० हजार नाघेको छ ।

न्युयोर्क सिटीको स्वास्थ्यविभागले कोरोना संक्रमणबाट अस्पतालमा भर्ना भएर मृत्यु हुनेहरुको संख्या ६ हजार ५ सय ८९ रहेको जनाएको छ । मंगलबार दिउसो सार्वजनिक गरिएको यो तथ्यांक सोमबार बेलुका ४ बजेसम्मको हो ।

मार्च ११ यता न्युयोर्क सिटीमा अरु ८ हजार १ सय ८४ को मृत्यु भएको छ । जसको कारण भने कोरोना संक्रमण नभएको जनाइएको छ ।

उनीहरुको कोरोना पोजेटिभ पनि देखिएको थिएन भने मृत्यु प्रमाणपत्रमा मृत्युको कारण कोरोनासँग मिल्दोजुल्दो कारण समेत उल्लेख छैन ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ९ : ४७ बजे

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ