१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बेलहियाका स्थानिय युवाहरुको सक्रियतामा १ सय ४२ घरधुरीलाई खाद्य सामग्री बितरण



बुटवल । भारतले गरेको नाकाबन्दीमा सिमा नाका खुलाउन होस अथवा अहिले कोरोना भाइरसको महामारी बाट बच्न भारत लगायत अन्य मुलुकबाट नेपाल आउदा सिमा नाका मा अलपत्र परेकालाई खाना लगायत बासस्थानको प्रबन्ध मिलाउन होस सधै सामाजिक कार्यमा अग्रणी भुमिका खेल्ने बेलहियाका स्थानिय सक्रिय युवाहरुले कोरोना संक्रमणबाट बच्न र बचाउन सरकारले गरेको लकडाउनका कारण न्यून आय भएका, दैनिक मजदुरी गर्ने, गरीब तथा बिपन्न बर्ग समस्यामा परेकाले उनिहरुलाई व्यक्तीगत रुपमा आबश्यक खाद्य पदार्थ लगायतका सामग्रीहरु प्रदान गर्ने काम निरन्तर गरिरहेका छन ।

यसै क्रममा बेलहिया को बुद्ध पथ, देवी पथ, हर्नेया, नौडहिवा, ज्ञान पथ मा रहेका गरीब तथा अति बिपन्न बर्गका परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।

विभिन्न स्थान मा रहेका दैनिक ज्यालादारी गर्ने मजदुर, गरिब तथा विपन्न १ सय ४२ परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको बेलहिया का समाजसेवी स्थानिय युवा देवराज न्यौपाने ले बताउनुभयो । प्रति परिवार १० किलो चामल, ५ किलो पिठो, १ लिटर तेल, १ किलो दाल, २ किलो आलु १ किलो नुन लगायत का खाधान्न वितरण गरिएको थियो ।

स्थानीय समस्यामा परेको देखे पछि सानै रुपमा भएपनि गरिएको सहयोगले दैनिक काम गरी घर खर्च चलाउदै आएकाहरुको अहिले आम्दानीको श्रोत सुन्य भएकाले त्यस्ता परिवारलाई मद्धत पुग्ने न्यौपाने ले बताउनु भयो । खाद्यान्न प्रदान का लागी बेलहियाका माधव शर्मा, सुमन शर्मा, देवराज न्यौपाने, राजु खडका, राजु शाही, दिलिप गुप्ता, प्रभुमान बस्नेत, भरत थापा, भानु नारायाण, सुरेन्द्र क्षेत्री, अशोक क्षेत्री, सन्तोष बराल लगायतका युवाहरुको सहयोगमा खाधान्न वितरण गरिएको माधव शर्माले बताउनु भयो ।

चौथो चरणको राहत वितरण कार्य मा बेलहिया मा क्रियासिल महिला हरुको संस्था गृह लक्ष्मी को पनि सहकार्य रहेको सुमन शर्माले बताउनुभयो । युवाहरुको समुहले राहत सम्बन्धीत परिवारको घर आँगनमै पुगेर वितरण गरेको माधव शर्मा ले बताउनुभयो । अब पाचौ चरणको खाद्यान्न बितरण गर्ने योजनामा रहेका युवाहरुले बेलहिया क्षेत्रमा कसैलाइ खाधान्न समस्या भए मा आफुहरु लाई सम्पर्क गर्न समेत आग्रह गरेका छन ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ५ : ०८ बजे

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ