५ पुस २०८२, शनिबार | December 20, 2025

बेलहियाका स्थानिय युवाहरुको सक्रियतामा १ सय ४२ घरधुरीलाई खाद्य सामग्री बितरण



बुटवल । भारतले गरेको नाकाबन्दीमा सिमा नाका खुलाउन होस अथवा अहिले कोरोना भाइरसको महामारी बाट बच्न भारत लगायत अन्य मुलुकबाट नेपाल आउदा सिमा नाका मा अलपत्र परेकालाई खाना लगायत बासस्थानको प्रबन्ध मिलाउन होस सधै सामाजिक कार्यमा अग्रणी भुमिका खेल्ने बेलहियाका स्थानिय सक्रिय युवाहरुले कोरोना संक्रमणबाट बच्न र बचाउन सरकारले गरेको लकडाउनका कारण न्यून आय भएका, दैनिक मजदुरी गर्ने, गरीब तथा बिपन्न बर्ग समस्यामा परेकाले उनिहरुलाई व्यक्तीगत रुपमा आबश्यक खाद्य पदार्थ लगायतका सामग्रीहरु प्रदान गर्ने काम निरन्तर गरिरहेका छन ।

यसै क्रममा बेलहिया को बुद्ध पथ, देवी पथ, हर्नेया, नौडहिवा, ज्ञान पथ मा रहेका गरीब तथा अति बिपन्न बर्गका परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।

विभिन्न स्थान मा रहेका दैनिक ज्यालादारी गर्ने मजदुर, गरिब तथा विपन्न १ सय ४२ परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको बेलहिया का समाजसेवी स्थानिय युवा देवराज न्यौपाने ले बताउनुभयो । प्रति परिवार १० किलो चामल, ५ किलो पिठो, १ लिटर तेल, १ किलो दाल, २ किलो आलु १ किलो नुन लगायत का खाधान्न वितरण गरिएको थियो ।

स्थानीय समस्यामा परेको देखे पछि सानै रुपमा भएपनि गरिएको सहयोगले दैनिक काम गरी घर खर्च चलाउदै आएकाहरुको अहिले आम्दानीको श्रोत सुन्य भएकाले त्यस्ता परिवारलाई मद्धत पुग्ने न्यौपाने ले बताउनु भयो । खाद्यान्न प्रदान का लागी बेलहियाका माधव शर्मा, सुमन शर्मा, देवराज न्यौपाने, राजु खडका, राजु शाही, दिलिप गुप्ता, प्रभुमान बस्नेत, भरत थापा, भानु नारायाण, सुरेन्द्र क्षेत्री, अशोक क्षेत्री, सन्तोष बराल लगायतका युवाहरुको सहयोगमा खाधान्न वितरण गरिएको माधव शर्माले बताउनु भयो ।

चौथो चरणको राहत वितरण कार्य मा बेलहिया मा क्रियासिल महिला हरुको संस्था गृह लक्ष्मी को पनि सहकार्य रहेको सुमन शर्माले बताउनुभयो । युवाहरुको समुहले राहत सम्बन्धीत परिवारको घर आँगनमै पुगेर वितरण गरेको माधव शर्मा ले बताउनुभयो । अब पाचौ चरणको खाद्यान्न बितरण गर्ने योजनामा रहेका युवाहरुले बेलहिया क्षेत्रमा कसैलाइ खाधान्न समस्या भए मा आफुहरु लाई सम्पर्क गर्न समेत आग्रह गरेका छन ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ५ : ०८ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य