१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

एकैदिन २२ सय जनाको मृत्युसँगै अमेरिकामा कोरोनाले २६ हजार बढीको ज्यान लियो



क्यालिफोर्निया । गएको २४ घण्टाको अवधिमा कोरोना भाइरसको संक्रमणबाट संयुक्त राज्य अमेरिकामा संसारकै सबैभन्दा बढी मानिस २२ सय जनाको मृत्यु भएको छ ।

आज मात्रै यहॉ करीव २६ हजार व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । सान फ्रान्सिस्को क्रोनिकल मिडियाबाट प्राप्त अपडेट अनुसार कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा अहिलेसम्म २६ हजार ४१ जनाको मृत्यु भएको छ ।

संक्रमित संख्या विश्वमै सवैभन्दा बढी करीव ६ लाख १० हजार पुगेको छ । अमेरिकामा कोरोना भाइरसको संक्रमण असामान्य बन्दै गएको छ। यस बीचमा ६ जना नेपालीको मृत्यु भएको छ भने कोरोना भाइरसबाट संक्रमित हुने नेपालीहरू सयौंको संख्यामा हुनसक्ने यहाँका सामाजिक संघ संस्थाहरूले जनाएका छन् ।

अमेरिकाका ५० वटै राज्यमा फैलिएको कोरोनाबाट करीव २ करोड जनसंख्या रहेको न्युयोर्कमा मात्रै १० हजार ८४८ जनाको मृत्यु भएको छ । त्यहॉ दुई लाख बढी व्यक्ति संक्रमित भएका छन् । सो ठाउँमा नेपालीहरूको बाक्लो बसोबास रहेको हुँदा कोरोना भाइरसको संक्रमणका कारण त्यहॉ सबैभन्दा बढी नेपाली प्रभावित भएका छन् । यता क्यालिफोर्नियामा ७७९ जनाको मृत्यु भएको छ भने २५ हजार बढीमा संक्रमण देखिएको छ ।

अमेरिकामा कोरोना भइरसको बढ्दो संक्रमणलाई लिएर विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गर्दै आएका छन् । देशमा कोरोना भाइरस फैलिन नदिन पर्याप्त प्रयास नगरेको भन्ने विभिन्न क्षेत्रबाट भइरहेको आलोचना खेप्दैआएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डव्लुएचोमाथि गम्भीर आरोप लगाउदै आएका छन् ।

कोरोना भाइरस नियन्त्रणको प्रारम्भिक प्रयासमै असफल भएको, चीनमा भाइरसको संक्रमण फैलिरहदा त्यसलाई ढाकछोप गर्ने प्रयास गरेको लगायतका आरोप लगाउदै ध्ज्इ लाई अमेरिकाकोतर्फबाट गरिदैआएको करोडौं डलर बराबरको सहयोग रकम रोक्न राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनलाई आदेश जारी गरिसकेको बताइएको छ ।

यसैबीच कोभिड १९ बाट प्रभावित आफ्ना करोडौं नागरिकलाई राहत स्वरूप बाड्न लागिरहेको हजारौं डलरको चेकमा राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राख्न अमेरिकाको अर्थ मन्त्रालयले आन्तरिक राजस्व सेवा (आईआरएस) लाई आदेश दिएका कारण सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न केही ढिलो हुने सिएनएनले जनाएको छ ।

उता दक्षिणी अमेरिकी राज्यहरू क्यारोलिना, जर्जिया, अलाबामा, लगायतका अन्य विभिन्न स्थानमा सोमवार आएको शक्तिशाली आँ तथा चक्रवात (टोर्नाडो) बाट तीन दर्जन बढीको ज्यान गएको छ भने सयौं भवनहरूमा क्षति पुग्नुका साथै लाखौं मानिसहरू प्रभावित भएको स्थानीय संचारमाध्यमहरूले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ५ : ३६ बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को