५ पुस २०८२, शनिबार | December 20, 2025

अपाङ्ग आश्रममा खाद्यान्न सहयोग



बुटवल । बुटवल ११ स्थित नेपाल अपाङ्ग आश्रममा बुटवलका दुई व्यक्तिहरुले खाद्यान्न सहयोग गरेका छन् । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि सरकारले तीन सातादेखि गरेको लकडाउनका कारण आश्रममा रहेकाहरुलाई सहयोग गर्ने उदेश्यले राहात स्वरुप खाद्यान्न सहयोग गरिएको हो ।

समाजसेवि दुर्गा थापा, एचआर लुजाका प्रतिनिधि विनोद पोखरेलले दुई बोरा चामल, आलू, तेल, चिनि लगायतका उपभोग्य बस्तुहरु आश्रममा पुगेर हस्तान्तरण गरेका हुन । आश्रमका अध्यक्ष डोलबहादुर रामदामले उक्त खाद्यान्न ग्रहण गरेका थिए । हरेक क्षेत्रमा लकडाउनले प्रभाव पारेको बेला अपाङ आश्रममा थोरै भएपनि राहात स्वरुप खाद्यान्न सहयोग गरेको पोखरेलले बताए ।

कोरोना भाइरस महामारी नियन्त्रणका लागि लकडाउन भएपछि आश्रममा समेत खाद्यान्न संकट थपिदै गएको छ । यसअघि पनि विभिन्न व्यक्तिहरुको सहयोगबाट नै आश्रममा रहेकाहरुको खर्च व्यवस्थापन हुँदै आएकोमा लकडाउनले थप मारमा पारेको अध्यक्ष रामदामले बताए ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ९ : ३९ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता