१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

वैज्ञानिकहरु अध्ययनमा : आखिर कहिले मिल्छ कोरोना भाइरसबाट मुक्ति ?



एजेन्सी । कोरोना भाइरस संक्रमणको रफ्तारले संसारका सबै देशमा समस्या निम्तिएको छ । कोरोना भाइरसको संक्रमण रोक्नका लागि संसारका धेरै देशमा लकडाउन गरिएको छ ।

नेपालमा पनि लकडाउन आउँदो १५ गतेसम्म कायमै छ । लकडाउनका कारण नेपाली नागरिकमात्र होइन संसारभरका मानिस घरभित्रै बसिरहेका छन् ।

संकटको यो समयमा धेरैका मनमा हामी कहिलेसम्म लकडाउनमा बस्ने ? भन्ने प्रश्न आइरहेको छ । यो महामारी कहाँ पुगेर रोकिन्छ ? यस्ता प्रश्नको उत्तर अहिले कसैले पनि दिन सकिरहेको छैन । संसारभर कोरोनाविरुद्धको भ्याक्सिन र औषधि निर्माणमा झण्डै एक सय कम्पनी क्रियाशील भएका छन् ।

विश्व स्वास्थ्य संगठनले दुई दिन अघिसम्म ७० कम्पनीले कोरोनाविरुद्धको भ्याक्सिन बनाउन थालेको र अहिलेसम्म तीनजनामा परीक्षण गरिएको जानकारी दिएको छ ।

संसारका धेरै देशले सामाजिक दूरी र लकडाउनको माध्यमबाट कोरोना भाइरसको संक्रमण रोकथामको काम जारी राखेका छन् । संक्रमित भएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले १२ हप्तामा आफ्नो देशले कोरोना संक्रमण नियन्त्रणमा लिने बताएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा छिट्टै कोरोना भाइरस नियन्त्रणमा आउने बताएको पनि एक महिना पुगिसकेको छ । तर, स्वास्थ्य क्षेत्रका विशेषज्ञहरुले कोरोना भाइरसबाट छिट्टै मुक्ति नमिल्ने बताउन थालेका छन् ।

विश्व स्वास्थ्य संगठन (WHO)का विशेष दूत डेभिड नाबारोले कोरोना भाइरसले मानव जीवनको लामो समयसम्म असर गरिरहने बताएका छन् । मानिसले भ्याक्सिनको विकास गरेर आफूलाई सुरक्षित नबनाएसम्म कोरोना भाइरसको प्रकोप जारी नै रहने उनको भनाइ छ ।

हार्वर्ड चेन स्कुल अफ पब्लिक हेल्थका ग्लोबल हेल्थ इकोनोमिस्ट एरिक फिगेल डिंगले एक दुई हप्तामा यो सजिलै जान्छ भन्ने धारणा गलत भएको बताएका छन् । वुहानको तरिकाले अन्य ठाउँमा सजिलै नियन्त्रण र रोकथाम हुन असम्भव भएको उनको भनाइ छ ।

उनले चीनले जस्तै अमेरिकाले देशैभरका चिकित्सक र नर्सलाई एक ठाउँमा ल्याएर रोकथाम तथा नियन्त्रणमा काम गर्न नसक्ने बताएका छन् । अमेरिकालाई अबको दुई महिनासम्म नियन्त्रण सम्भव नभएको उनले बताए । १२ महिनाभित्र भ्याक्सिन आएमा अन्य व्यक्तिलाई सुरक्षित राख्न सकिने उनको भनाइ छ ।

अमेरिकाको कोरोना भाइरस टास्कफोर्सका सदस्य तथा महामारी रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले भनेका छन्, ‘मलाई लाग्दैन हामीले एक दुईहप्तामा कोरोनाविरुद्धको लडाइमा जित्छौँ भनेर । कोरोना भाइरस जरैदेखि नियन्त्रणमा आउने सम्भावना कम छ । हुनसक्छ यसले सिजलन महामारीको रुप लिने सम्भावना पनि उत्तिकै छ ।’

युनिभर्सिटी अफ रिडिङ्गमा सेल्युलर माइक्रोबायोलोजीका प्राध्यापक डा. सिमन क्लार्कले द इन्डिपेन्डेटसँग कुराकानीका क्रममा कोरोना भाइरस नियन्त्रणको समय भन्न निक्कै गाह्रो भएको बताएका छन् । उनले भनेका छन्, ‘तपाईँलाई कसैले कोरोना भाइरसको अन्त्यका विषयमा केही भनेको छ भने त्यो क्रिष्टल बल हेरेर गरिएको भविष्यवाणी जस्तै हो । सच्चाइ त यो हो, कोरोना भाइरस फैलिइसकेकोले यो सधैँका लागि रहिरहनेछ ।’

डा. क्लार्कले कोरोना भाइरसको महामारी चुनौतिपूर्ण बन्दै गएको बताए । उनले मानिसमा लक्षण नदेखिइकन अरुमा सर्ने भएकाले यसको संक्रमण कठिन अवस्थामा पुगेको बताएका छन् ।

साउथह्याम्पटन युनिभर्सिटीको ग्लोबल हेल्थका अनुसन्धानकर्ता माइकल हेडले कोरोना भाइरसका विषयमा कुनै पनि अनुमान लगाउन गाह्रो भएको बताएका छन् । उनले भनेका छन्, ‘यो बिल्कुल नयाँ भाइरस हो । यसले संसारभर महामारीको रुप लिइसकेको छ । आउँदा केही महिनासम्म कोरोना भाइरसको संक्रमणमा गिरावट देख्न सकिन्छ । तर फेरि पनि बढ्न सक्छ । यसले फ्लूको रुप धारण गर्ने सम्भावना उत्तिकै छ ।’

कहिले तयार होला भ्याक्सिन ?

स्वास्थ्य क्षेत्रका वैज्ञानिकहरुले भ्याक्सिन बनेपछि मात्र यसको नियन्त्रण तथा रोकथाममा सहयोग पुग्ने बताएका छन् । तर, अहिलेसम्म कुनै पनि देशले भ्याक्सिन बनाइसकेका छैनन् । तर धेरै देशले कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउने प्रक्रिया जारी राखेका छन् ।

इम्पेरियल अलेज अफ लण्डनका प्रा.डा. निल फग्र्युसनले सामाजिक दूरी संक्रमणको रफ्तारलाई कम गर्ने उत्तम उपाय बताउँदै भ्याक्सिन नबनेसम्मका लागि त्यसलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । उक्त कलेजले कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रयोगमा आउन कम्तिमा १८ महिना लाग्न सक्ने जनाएको छ ।

तर, बेलायतकै अर्को विश्वविद्यालय अक्सफोर्डले ६ महिनाभित्रै कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रयोगमा आउन सक्ने अनुमान गरेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहिबार  ४ : ०४ बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा