३ पुस २०८२, बिहिबार | December 18, 2025

आरटी र्यापिड डाइग्नोस्टिक टेष्ट भनेको के हो ? किन पोजेटिभ आयो भनिन्छ कारण यस्तो हो



आरडीटी विधिबाट परीक्षण गर्दा नेगेटिभ भन्ने बित्तिकै कोरोना छैन भन्न मिल्दैन । आरडिटीबाट परीक्षण गर्दा नेगेटिभ आएको तर निजको कोरोना संक्रमित व्यक्तिसँगको संसर्ग वा सम्पर्क भएको ३ हप्ता काटेको छैन भने एक हप्ता पछि पुन आरडिटी गराउनु पर्छ । त्यस्ता व्यक्तिहरु जो संक्रमित व्यक्तिको संसर्गमा हुनुहुन्छ उनीहरुलाई आरटी पिसीआर विधिबाट परीक्षण गर्नुपर्छ ।

अहिले धेरै सुनिने शब्द हो, आरटी र ¥यापिड डाइग्नोस्टिक टेष्ट परीक्षण । कोहि व्यक्ति कोरोना संक्रमित छ कि छैन भनेर परीक्षण गर्ने यो विधिबारे यथार्थ जानकारी नहुँदा ¥यापिड डाइग्नोस्टिक टेष्टमा कोरोना पोजेटिभ देखिने बित्तिकै हामी कोरोनै लागेको हो भन्ने भ्रममा पर्दछौँ । तर यथार्थमा आरटी र ¥यापिड डाइग्नोस्टिक टेष्ट परीक्षण भनेको के हो र यसको परीक्षण कसरी गरिन्छ, यसबारे जानकारी राखौँ । आरटी र ¥यापिड डाइग्नोस्टिक टेष्ट परीक्षण नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा गराईएको जानकारी यस्तो छ ?

कोभिड १९ को संक्रमण पत्ता लगाउन गरिने प्रयोगशाला परीक्षणहरु दुई प्रकारहका छन् । रियल टाइम (आरटी) पीसीआर र द्रुत परीक्षण किट (¥यापिड डाइग्नोस्टिक टेष्ट) को प्रयोग गरी गरीने परीक्षण ।

(आरटी) पीसीआर विधि स् भनेको शरीरमा भाइरस भए नभएको नै पत्ता लगाउने विधि हो । कोरोनाको भाइरस मानिसको शरीरभित्र थुकको छिट्टा मार्फत मुख, नाक वा आँखाबाट प्रवेश गर्छ । त्यसपछि करिब ५ देखि ७ दिनसम्म शरीरमा भाइरसको संख्या वृद्धि भइसक्छ र यो बेला मानिसको घाँटी, नाक वा सासनलीबाट खकारको नमुना लिई आरटी पीसीआर विधिबाट परीक्षण गर्दा भाइरस देखिन्छ । यो भाइरस दोस्रो हप्तामा अत्याधिक रुपमा शरीरमा फैलिन्छ । अनि तेस्रो हप्तादेखी विस्तारै कम हुँदै जान्छ ।

त्यसैले आरटी पीसिआर विधिले जाँच गर्दा तेस्रो हप्तादेखि भाइरस कम देखिने वा नदेखिने पनि हुन सक्छ । तर शरीरमा भाइरस प्रवेश गरेपछि यो भाइरस विरुद्धको एण्टीवडी विकास हुन थाल्छ ।

हालसम्म्को अध्ययन अनुसार भाइरस प्रवेश गरेको ७ दिनदेखि आरजी ‘एम’ नामको एण्टीवडी बन्छ, यस्तो आइजीएम करिब एक महिनासम्म कम हुँदै जान्छ र करिब १४ दिनदेखि आइजी ‘जी’ नामको एण्टीबडी उत्पादन हुन्छ जुन चाहिँ केही लामो समयसम्म रहन सक्छ । आइजीएमले संक्रमण भर्खरै भएको संकेत गर्छ भने आइजीजीले संक्रमण केही पुरानो हो भन्ने बुझाउँछ ।

हाल कोरोना परीक्षणको लागि प्रयोग हुने ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) पनि कोरोना विरुद्धको यहि एण्टीवडी देखाउने हो । त्यसैले द्रुत परीक्षण विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिए कम्तिमा एक हप्ता अघि नै कोरोनाको संक्रमण भएको भन्ने बुझिन्छ किनभने कोरोनाको एण्टीबडी विकास हुन कम्तिमा ७ दिन लाग्छ । त्यसैले कोरोना संक्रण भएको शुरुको अवस्थामा ¥यापिड डाइग्नोस्टिक टेष्ट किटबाट जाँच गर्दा नेगेटिभ देखिन सक्छ । त्यसैले कोरोना संक्रमणको सुरुको हप्तामा आरटी पिसीआरबाट र दोस्रो हप्ता कटेपछि ¥यापिड डाइग्नोस्टिक किटबाट परीक्षण गर्दा पोजिटिभ देखिने सम्भावना बढी हुन्छ ।

साधारणतय, आरडिटीबाट नेगेटिभ आएको आरटी पिसीआर जाँचबाट पोजेटिभ देखिएमा कोरोना संक्रमणको सुरुको अवस्था हो । दुवैमा पोजेटिभ आए कम्तिमा पनि दुई हप्ता अघि संक्रमण भएको भन्ने बुझिन्छ । आरटीडी पोजेटिभ र आरटी पिसीआरमा नेगेटिभ भए कम्तिमा ३ हप्ता अगाडि कोरोना संक्रमण भएको थियो र यसको विरुद्धको प्रतिरक्षा गर्ने एण्टीबडी उत्पादन भएको भन्ने बुझिन्छ ।

आरडीटी विधिबाट परीक्षण गर्दा नेगेटिभ भन्ने बित्तिकै कोरोना छैन भन्न मिल्दैन । आरडिटीबाट परीक्षण गर्दा नेगेटिभ आएको तर निजको कोरोना संक्रमित व्यक्तिसँगको संसर्ग वा सम्पर्क भएको ३ हप्ता काटेको छैन भने एक हप्ता पछि पुन आरडिटी गराउनु पर्छ । त्यस्ता व्यक्तिहरु जो संक्रमित व्यक्तिको संसर्गमा हुनुहुन्छ उनीहरुलाई आरटी पिसीआर विधिबाट परीक्षण गर्नुपर्छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहिबार  ९ : ०१ बजे

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको

रविलाई रिहा गर्न उच्च अदालतको आदेश, रुपन्देही अदालतमा कागज गरेपछि मात्र छुट्ने

लुम्बिनी ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर,

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार

काठमाडौँ, ३ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको

एमाले नेतृत्वलाई छोएकै दिनदेखि देश ठप्प हुन्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमाले

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत