१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

उदयपुरका १२ जना काेराेना संक्रमित नेपाल आएपछि कहाँ-कहाँ पुगेका थिए ?



उदयपुर । उदयपुरमा भेटिएका १२ जना कोरोना संक्रमितको टोली विभिन्न ठाँउ घुमेको र भेटघाट गरेको रहस्य खुलेको छ । उनीहरुले विभिन्न मस्जिदमा पुगेर धार्मिक प्रशिक्षण दिइएको पाइएकाे छ ।

कोरोना संक्रमित ११ जना भारतीय नागरिक नेपाल भारतको जोगवनी नाका हुँदै नेपाल प्रवेश गरेका थिए । त्यसपछि विभिन्न मस्जिदमा धार्मिक प्रशिक्षण दिन पुगेको मुस्लिम समुदायकालाई उद्धृत गर्दै स्थानीय पत्रकार यदुप्रसाद ढकालले बताए ।

‘विभिन्न मस्जिदमा पुगेको त्यहाँकै मुस्लिम साथीहरुको भनाइ छ,’ उनले भने, ‘अब यस क्षेत्रमा कोरोना परीक्षण नगरिकन सुख छैन ।’

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी वीरबहादुर बुढामगरका अनुसार ती कोरोना संक्रमितहरू जोगवनी नाकाबाट प्रवेश गरेपछि मोरङ, सुनसरी हुँदै सप्तरी पुगेको उनीहरुको ट्राभल हिष्ट्री देखिन्छ ।

उनीहरू गत फागुन ३ गतेदेखि ५ गतेसम्म सप्तरीको वोदेबर्साइन नगरपालिका ५ जाँजरमा भएको मुस्लिम धार्मिक कार्यक्रममा सहभागी भए । त्यसपछि विभिन्न मस्जिदमा पुगेर धार्मिक प्रशिक्षणसमेत दिएका थिए ।

सप्तरीकाे कार्यक्रमपछि उनीहरु सुनसरी र मोरङका मस्जिदमा बस्दै फागुन २५ गते फत्तेपुर, फागुन २९ गते उदयपुरको चौदण्डीगढी नगरपालिकाको सिवाई मस्जिदमा बसेर र चैत्र ५ गते भुल्के मस्दिजमा आएको प्रहरीको भनाइ छ ।

‘उनीहरुका बारेमा डिटेल विवरण अझै खोज्दै छौँ,’ प्रहरी प्रमुख एसपी बुढाले भने, ‘त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।’

उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले विस्तृतमा उनीहरुको ट्राभल हिस्ट्री खोजिरहेको जानकारी दिए । ‘मंसिरमै नेपाल आएको बुझिएको छ,’ हामी खोज्दै छाैं ।’

स्थानीयले भने उनीहरु लकडाउन सुरुभएपछि चोरबाटो हुँदै उदयपुर आएको बताएका छन् । वीरगञ्जको एक मस्जिदमा कोरोना संक्रमणका व्यक्तिहरु भेटिएपछि उदयपुरका मस्जिदमा प्रशासनले अनुगमन गरेको थियो । अगुमगनका क्रममा लुकेर बसेको अवस्थामा भेटेपछि कोरोना परीक्षण गरिएको थियाे ।

प्रहरीका अनुसार उनीहरुको कन्ट्याक ट्रेसिङ सुरु गरिएको छ । त्रियुगा नगरपालिका–३ भुल्केको मस्जिद प्रहरीले सिल गरेको छ। थप कोरोना फैलिन नदिन आवश्यक अन्य स्वास्थ्य सुरक्षाका उपाय अपनाइएकाे छ ।

संक्रमितरूलाई उपचारको लागि विराटनगर स्थित कोरोना अस्पतालको आइसोलेशनमा लगिएको छ । संक्रमित १२ जनामा एक जना नेपाली र बाँकी भारतीय नागरिक छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  १२ : ०७ बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु