४ पुस २०८२, शुक्रबार | December 20, 2025

चितवनकी कोरोना संक्रमितले बाँडेको चकलेट खाने पनि अब क्वारेन्टाइनमा



भरतपुर । चितवनको राप्ती नगरपालिकामा एकैघरका दुईजनामा कोरोना संक्रमण पुष्टि भएपछि राप्ती नगरपालिकाले विशेष समिति बनाएर काम थालेको छ । एकैघरका आमा छोरामा कोरोना संक्रमण भएको पुष्टि भएपछि नगरपालिकाले आज बिहान विशेष समिति बनाएर काम थालेको नगर प्रमुख प्रभा बरालले जानकारी दिइन् ।

काठमाडौंदेखि चितवनसम्मको यात्रा, चितवन पुगेपछि भएको भेटघाट, उनीहरुको सम्पर्कमा पुगेका व्यक्तिको पहिचानका लागि समिति बनाएको नगरपालिकाले जनाएको छ । नागरिकखबरसँग कुराकानी गर्दै प्रमुख बरालले भनिन्, ‘हामीले उहाँहरुको सम्पर्कमा आएका सबै व्यक्तिको पहिचानका लागि समिति बनाएका छौँ । परिवारका सदस्य र सम्पर्कमा आएका छिमेकीलाई नजिकैको स्कुलमा क्वारेन्टाइनमा आजैदेखि राख्ने काम सुरु गरेका छौँ ।’

समितिले सम्पर्कमा आएका व्यक्तिको पहिचान गर्ने र क्वारेन्टाइनमा राख्ने काम गर्नेछ । बेलायतबाट आएपछि गाउँमा चकलेट बाँडिएको र त्यो चकलेट खानेलाई पनि क्वारेन्टाइनमा राख्ने तयारी गरेको छ । वडाध्यक्ष बुद्धिराज थपलियाले बेलायतबाट ल्याएको चकलेट बाँडेको र त्यो चकलेट खानेहरुलाई पनि निगरानीमा राख्नुपर्ने अवस्था आएको बताएका छन् ।

कोरोना संक्रमित दुवैजना चैत ३ गते नेपालका थिए । नगरपालिकाको आग्रहपछि उनीहरु होम क्वारेन्टाइनमा बसेका थिए । सुरुमा अस्पताल जान अस्वीकार गरेका दुवैजनालाई नगरपालिकाका प्रतिनिधिले सम्झाएर कोरोना विशेष अस्पतालमा पठाएका थपलियाले जानकारी दिए ।

हङकङबाट आएका अर्का छोराको भने पिसिआर परीक्षण पनि नेगेटिभ आएको छ । कोरोना संक्रमित दुईजनाको भरतपुरस्थित कोरोना विशेष अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  १२ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको