२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

कोरोना अति प्रभावित देशको सूचीमा भारत १७ औँ स्थानमा



काठमाडौ । छिमेकी देश भारतमा कोरोना संक्रमित र संक्रमणबाट मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो समाचार तयार पार्दासम्म भारतमा संक्रमितको संख्या १५ हजार ७ सय २२ पुगेको छ । ५ सय २१ जनाले कोरोना भाइरसबाट ज्यान गुमाइसकेका छन् । २ हजार ४ सय ६३ जना भने उपचारपछि घर फर्किएका छन् । १२ हजार ७ सय ३८ जनाले विभिन्न अस्पतालमा उपचार गराइ रहेका छन् ।

भारतको महाराष्ट्र कोरोनाबाट सबैभन्दा धेरै प्रभावित भएको छ । महाराष्ट्रको मुम्बई सहरमा सबैभन्दा धेरै संक्रमित रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राजधानी नयाँ दिल्ली, गुजरात, तमिलनाडु, मध्यप्रदेश, राजस्थान, उत्तर प्रदेशलगायतका विभिन्न राज्य धेरै प्रभावित भएका छन् ।

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा १५ जनाले ज्यान गुमाएका छन् भने झण्डै १ हजार संक्रमित भएका छन् । बिहारमा झण्डै १ सय संक्रमित भएका र दुईजनाको मृत्यु भएको छ । त्यस्तै पश्चिम बंगाल र उत्तराखण्ड पनि कोरोनाबाट प्रभावित भएका छन् । एक महिनाभित्र भारतमा संक्रमणको दर सयबाट हजारौँमा पुगेको छ ।

भारत कोरोनाबाट अति प्रभावित देशको सूचीमा १७औँ स्थानमा पुगेको छ । सबैभन्दा प्रभावितमा अमेरिका छ । त्यसपछि क्रमश स्पेन, इटली, फ्रान्स, जर्मनी, बेलायत, चीन, टर्की, इरान, बेल्जियम, रसिया, ब्राजिल, क्यानडा, नेदरल्याण्ड्स, स्वीट्जरल्याण्ड, पोर्चुगल र १७औँ स्थानमा भारत रहेको छ । यो संक्रमितको संख्यालाई आधार मानेर बनाइएको सूची हो । भारत अति प्रभावित २० देशको सूचीमा १७औँ स्थानमा छ ।

नेपाल र भारत खुला सीमाले कोरोनाका लागि पनि उत्तिकै खतरा निम्ताएको छ । अहिलेसम्म नेपालमा संक्रमित ३१ जनामा १५ जना भारतीय नागरिक छन् । बाँकीमा पनि भारतबाट नेपाल आएका केही व्यक्ति छन् । यहीँबाटै भारतमा संक्रमण बढ्दै जाँदा नेपालमा पर्ने असर सजिलै अनुमान लगाउन सकिन्छ ।

भारतीय सुरक्षाकर्मीले आफ्नो देशमा आउन नदिने र नेपाल प्रवेशमा खासै रोक नलगाउने कारणले पनि नेपालले थप सतर्कता अप्नाउनु पर्ने आवश्यकता देखिन्छ । नेपालतर्फको सीमा सुरक्षाको जिम्मेवारी पाएको शसस्त्र प्रहरी बलको संख्या अत्यन्तै न्युन भएकाले सीमावर्ती सबै ठाउँमा उपस्थिति छैन ।

सीमा नाकामा कडाइ गरे पनि अन्य सीमावर्ती क्षेत्रबाट मानिसको आवत जावत हुने गरेको छ । त्यसैले थप सुरक्षाकर्मी परिचालन गरेरै भए पनि नेपालले सम्भावित खतरालाई रोक्न आवश्यक देखिन्छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ९ : १३ बजे

सरकारले तोक्यो विद्युतीय सवारीको भाडा दर, कुन रुटमा कति ? (सूचीसहित)

काठमाडौँ । विद्युतीय शक्तिबाट सञ्चालन हुने सार्वजनिक सवारीमा कम खर्च

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद