५ श्रावण २०८३, मंगलबार | July 21, 2026

एक्सनमा खजुरा गाउपालिका : सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउदै



खजुरा । बाँकेको खजुरा गाउँपालिकाले लगडाउनलाई थप कडाईका साथ अगाडि बढाएको छ ।

भारतसंग जोडिएको र अन्य पालिका तथा जिल्लासंग जोडिएका नाकाहरुमा कडाई गर्नुका साथै भारतबाट आयात हुने तरकारीमा पनि रोक लगाएको छ ।

कोरोनाको जोखिम बढ्दै गइरहेको भन्दै कुनै पनि लापरवाही हुन नदिन खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले सुरक्षा निकाय तथा स्वास्थ्यका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

बाँकेको खजुरा गाउँपालिका वडा नं. १ राधापुर क्षेत्र भारतसंग जोडिएकाले त्यहाँ सशस्त्र प्रहरी तथा राधापुर चौकीले निगरानी बढाएका छन् भने स्वयमसेवक दस्ता पनि परिचालित हुने गरेको छ । पश्चिम क्षेत्र मानखोलाले छुट्याएको छ र बर्दिया जिल्लासंग सीमा जोडिएको छ त्यहाँ पनि नेपाल प्रहरीले निगरानी बढाएको छ ।

पूर्वी, उतरी र अन्य नाकाहरुमा आवतजावतमा कडाई गरिएको खजुरा गाउँपालिका अध्यक्ष कक्षपतिले जानकारी दिनुभयो । बेलाबेलामा सीमा क्षेत्रमा आफै पुग्ने गरेका प्रमुख कक्षपतिले सशस्त्र प्रहरी, नेपाल प्रहरीलाई नाकाबाट पूर्णरुपमा आवतजावत रोक्न निर्देशन दिनुभएको छ । खजुरा क्षेत्रका किसानहरुले उत्पादन गरेको तरकारी, दुध तथा कुखुरा लगायतका कृषि उत्पादनको बजारीकरणका विषयमा खजुरा क्षेत्रका अगुवा कृषक र कृषि सहकारीका प्रमुखसंगको छलफल राखेर खजुरामै कृषि उपजको खपत गर्ने विषयमा जोड दिइएको छ ।

क्वारेन्टाइनमा बस्ने घट्दै

खजुरा गाउँपालिका वडा नं. १ राधापुरस्थित मैटहवा माविमा संचालन भएको क्वारेनटाइनमा हाल ७ जना मात्र रहेका छन् । उक्त क्वारेनटाइनको व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका खजुरा गाउँपालिका वडा नं. २ का अध्यक्ष देविलाल खनालका अनुसार ६२ जना क्वारेनटाइनमा आएकोमा अवधी पूरा गरेर स्वास्थ्य जाँचपछि क्वारेनटाइनमा बसेको प्रमाणपत्र लिएर ५५ जना घर फर्किएका छन् । खजुरा गाउँपालिका कार्यपालिका सदस्य फत्तेकुमारी जैसी, वडा नं. १ का जनप्रतिनिधि, नेकपा युवा नेता शालिकराम खड्का, मुमबहादुर ओली लगायतका युवाहरु क्वारेनटाइनको व्यवस्थापनका लागि खटेको खजुरा गाउँपालिका वडा नं. २ का वडाध्यक्ष खनालले जानकारी दिनुभयो । वातावरणीय दृष्टिकोणले समेत राम्रो रहेको मैटहवा माविको क्वारेनटाइनमा वाइफाई सहित सुविधा सम्पन्न रहेको खजुरा गाउाँलिका राजनीतिक सल्लाहकार भीम ओलीले बताउनुभयो ।

११ हजार ८६ घरमा पुगे महिला स्वास्थ्य स्वयमसेविका

खजुरामा परिचालित भएका महिला स्वास्थ स्वयंसेबिका ११ हजार ८६ घर पुगी पारिवारिक विवरण संकलन गरेका
छन् । खजुरा गाउँपालिकामा रहेका ८ वडामा १०८ जना महिला स्वास्थ्य स्वयमसेविका परिचालित थिए । उनीहरुले विवरण संकलन गरी खजुरा गाउँपालिकालाई स्वास्थ्य शाखामार्फत बुझाई सकेका छन् । कोरोनाबाट जोगिन वास्तविक अवस्था थाहा पाउने उद्देश्यले उनीहरुलाई केन्द्र सरकारको निर्णय अनुसार परिचालन गरिएको खजुरा गाउँपालिका उपप्रमुख एकमाया विकले जानकारी दिनुुुभयो ।

महिला स्वास्थ्य स्वयम्सेविकाले गाउँपालिकालाई उपलब्ध गराएको विवरण अनुसार हाल खजुरामा ११ हजार ८७ घरधुरी, परिवार सदस्य संख्या ६३ हजार २०३ जना, विदेशमा रहेका ४ हजार ३३४, विदेशबाट फर्किएका ३५०, क्वारेनटाइनमा ६२ हालसम्म आएका र होम क्वारेनटाइनमा २५३ जना बसेको देखिएको छ । स्वेमसेविका वडामा पुगेर विवरण लिनु पहिला उनीहरूलाई परामर्श दिइएको थियो ।

खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, स्वास्थ शाखा प्रमुख पूर्णबहादुर खड्का, नर्सिङ अधिकृत लक्ष्मी केसी ओलीले प्रशिक्षण दिएका थिए । भारत तथा बिदेशबाट आएका, क्वरेन्टाइनमा बसेका र खजुराका हरेक घरमा रहेका नागरिकको अवस्थाबारे विवरण संकलन गरिएको हो ।

बटुवालाई खाना खुवाउन मेस

खजुरा गाउँपालिका भएर बाहिरी जिल्लाका श्रमिकहरु घर फर्किने क्रममा उनीहरुको भोको पेट भर्न खजुरा गाउँपालिका वडा नं. ६ सिन्दुरेमा मेस संचालन गरिएको छ । सामाजिक दूरीलाई कायम राख्दै दुख पाएर आएका श्रमिकका लागि उक्त मेसमार्फत खाना खुवाउन वडा नं. ६ का अध्यक्ष अतिउल्ला खाँको नेतृत्वमा टोली खटाइएको
छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ८ : ४० बजे

तयारी पोसाक सङ्घका पदाधिकारीसँग प्रधानमन्त्रीले छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी । गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण

क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म नयाँ कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न

कक्रोच पार्टीको संसद मार्चमा मिडियाविरुद्ध आक्रोश, संचारकर्मीबीच चर्कियो बहस

कुनै पनि ठूलो विरोध प्रदर्शनमा सञ्चारमाध्यम वा पत्रकारहरू आन्दोलनकारीको निशानामा

विश्वविजेता स्पेनको स्वदेशमा भव्य स्वागत, २० लाख समर्थक सडकमा उत्रिए

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको