१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

एक्सनमा खजुरा गाउपालिका : सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउदै



खजुरा । बाँकेको खजुरा गाउँपालिकाले लगडाउनलाई थप कडाईका साथ अगाडि बढाएको छ ।

भारतसंग जोडिएको र अन्य पालिका तथा जिल्लासंग जोडिएका नाकाहरुमा कडाई गर्नुका साथै भारतबाट आयात हुने तरकारीमा पनि रोक लगाएको छ ।

कोरोनाको जोखिम बढ्दै गइरहेको भन्दै कुनै पनि लापरवाही हुन नदिन खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले सुरक्षा निकाय तथा स्वास्थ्यका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

बाँकेको खजुरा गाउँपालिका वडा नं. १ राधापुर क्षेत्र भारतसंग जोडिएकाले त्यहाँ सशस्त्र प्रहरी तथा राधापुर चौकीले निगरानी बढाएका छन् भने स्वयमसेवक दस्ता पनि परिचालित हुने गरेको छ । पश्चिम क्षेत्र मानखोलाले छुट्याएको छ र बर्दिया जिल्लासंग सीमा जोडिएको छ त्यहाँ पनि नेपाल प्रहरीले निगरानी बढाएको छ ।

पूर्वी, उतरी र अन्य नाकाहरुमा आवतजावतमा कडाई गरिएको खजुरा गाउँपालिका अध्यक्ष कक्षपतिले जानकारी दिनुभयो । बेलाबेलामा सीमा क्षेत्रमा आफै पुग्ने गरेका प्रमुख कक्षपतिले सशस्त्र प्रहरी, नेपाल प्रहरीलाई नाकाबाट पूर्णरुपमा आवतजावत रोक्न निर्देशन दिनुभएको छ । खजुरा क्षेत्रका किसानहरुले उत्पादन गरेको तरकारी, दुध तथा कुखुरा लगायतका कृषि उत्पादनको बजारीकरणका विषयमा खजुरा क्षेत्रका अगुवा कृषक र कृषि सहकारीका प्रमुखसंगको छलफल राखेर खजुरामै कृषि उपजको खपत गर्ने विषयमा जोड दिइएको छ ।

क्वारेन्टाइनमा बस्ने घट्दै

खजुरा गाउँपालिका वडा नं. १ राधापुरस्थित मैटहवा माविमा संचालन भएको क्वारेनटाइनमा हाल ७ जना मात्र रहेका छन् । उक्त क्वारेनटाइनको व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका खजुरा गाउँपालिका वडा नं. २ का अध्यक्ष देविलाल खनालका अनुसार ६२ जना क्वारेनटाइनमा आएकोमा अवधी पूरा गरेर स्वास्थ्य जाँचपछि क्वारेनटाइनमा बसेको प्रमाणपत्र लिएर ५५ जना घर फर्किएका छन् । खजुरा गाउँपालिका कार्यपालिका सदस्य फत्तेकुमारी जैसी, वडा नं. १ का जनप्रतिनिधि, नेकपा युवा नेता शालिकराम खड्का, मुमबहादुर ओली लगायतका युवाहरु क्वारेनटाइनको व्यवस्थापनका लागि खटेको खजुरा गाउँपालिका वडा नं. २ का वडाध्यक्ष खनालले जानकारी दिनुभयो । वातावरणीय दृष्टिकोणले समेत राम्रो रहेको मैटहवा माविको क्वारेनटाइनमा वाइफाई सहित सुविधा सम्पन्न रहेको खजुरा गाउाँलिका राजनीतिक सल्लाहकार भीम ओलीले बताउनुभयो ।

११ हजार ८६ घरमा पुगे महिला स्वास्थ्य स्वयमसेविका

खजुरामा परिचालित भएका महिला स्वास्थ स्वयंसेबिका ११ हजार ८६ घर पुगी पारिवारिक विवरण संकलन गरेका
छन् । खजुरा गाउँपालिकामा रहेका ८ वडामा १०८ जना महिला स्वास्थ्य स्वयमसेविका परिचालित थिए । उनीहरुले विवरण संकलन गरी खजुरा गाउँपालिकालाई स्वास्थ्य शाखामार्फत बुझाई सकेका छन् । कोरोनाबाट जोगिन वास्तविक अवस्था थाहा पाउने उद्देश्यले उनीहरुलाई केन्द्र सरकारको निर्णय अनुसार परिचालन गरिएको खजुरा गाउँपालिका उपप्रमुख एकमाया विकले जानकारी दिनुुुभयो ।

महिला स्वास्थ्य स्वयम्सेविकाले गाउँपालिकालाई उपलब्ध गराएको विवरण अनुसार हाल खजुरामा ११ हजार ८७ घरधुरी, परिवार सदस्य संख्या ६३ हजार २०३ जना, विदेशमा रहेका ४ हजार ३३४, विदेशबाट फर्किएका ३५०, क्वारेनटाइनमा ६२ हालसम्म आएका र होम क्वारेनटाइनमा २५३ जना बसेको देखिएको छ । स्वेमसेविका वडामा पुगेर विवरण लिनु पहिला उनीहरूलाई परामर्श दिइएको थियो ।

खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, स्वास्थ शाखा प्रमुख पूर्णबहादुर खड्का, नर्सिङ अधिकृत लक्ष्मी केसी ओलीले प्रशिक्षण दिएका थिए । भारत तथा बिदेशबाट आएका, क्वरेन्टाइनमा बसेका र खजुराका हरेक घरमा रहेका नागरिकको अवस्थाबारे विवरण संकलन गरिएको हो ।

बटुवालाई खाना खुवाउन मेस

खजुरा गाउँपालिका भएर बाहिरी जिल्लाका श्रमिकहरु घर फर्किने क्रममा उनीहरुको भोको पेट भर्न खजुरा गाउँपालिका वडा नं. ६ सिन्दुरेमा मेस संचालन गरिएको छ । सामाजिक दूरीलाई कायम राख्दै दुख पाएर आएका श्रमिकका लागि उक्त मेसमार्फत खाना खुवाउन वडा नं. ६ का अध्यक्ष अतिउल्ला खाँको नेतृत्वमा टोली खटाइएको
छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ८ : ४० बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर