७ आश्विन २०८३, बुधबार | September 23, 2026

पेरिस, फ्रान्सको राजधानी पेरिसको पाइपलाइनहरुमा भेटियो कोरोना भाइरसको निसान



काठमाडौ । पेरिस, फ्रान्सको राजधानी पेरिसको पाइपलाइनहरुमा कोरोना भाइरसको निसान भेटिएको छ । सडक सफा गर्ने, भवन निर्माणमा प्रयोग गरिने, फूलबारी, बगैंचामा सिंचाइ गर्ने र आगजनी हुँदा प्रयोग गर्ने पानीमा कोरोना भाइरसको अंश फेला परेको हो ।

यस प्रकारका पानीका पाइपलाइनमा कोरोना भाइरसको अंश फेला परेपछि पेरिसका पिउने पानी बाहेक अन्य सबै पापलाइनहरुको सञ्‍जाललाई अनिश्चित कालका लागि विच्छेद गरिएको पेरिस महानगरपालिकालाई उद्धृत गर्दै फ्रान्सेली सञ्‍चारमाध्‍यम ले मोन्‍डेले जनाएको छ ।

कोरोना भाइरसको सानो संकेत सडक सफा गर्ने, आगलागी निभाउने, बोटबिरुवामा सिंचाइ गर्ने, निर्माणमा प्रयोग गर्ने पानीको पाइपलाइनमा फेला परेको हो । तर पिउने पानीका लागि भने जोखिम छैन् पेरिस महानगरपालिका प्रमुख आन डिहाल्गोले मिडियाहरुसित भनिन् । महानगरपालिकाको खानेपानी विभागको प्रयोगशालाले २७ वटा नमुना परीक्षण गर्दा चार वटा नमुनामा कोरोना भाइरसको अंश फेला परेको हो ।

त्यसलगत्तै जनस्वास्थ्यलाई ख्याल गरेर अधिकारीहरुले पेरिसका पानीका सबै पाइपलाइनको सञ्जाल विच्छेद गर्न निर्देशन दिएका थिए । तर पिउने पानीका पाइपलाइन भने अलग्गै संयन्त्र, मार्ग र पाइपबाट आउने र तिनमा भाइरस फेला नपरेकाले सुरक्षित रहेको दाबी गरेका छन् । भाइरस फेला परेका पाइपबाट आउने पानी सेन नदी र ऊर्क नहरबाट बिनाप्रशोधन सिधै ल्याउने गरिन्छ ।

यो पानी बगैंचा, पार्क, उद्यानमा सिँचाइ गर्न, सडक सफा गर्न, भवन निर्माणलगायतका काममा प्रयोग गरिने हुनाले नागरिकमा संक्रमण हुन सक्ने हुँदा विच्छेद गरेको महानगरपालिकाका अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ९ : ५० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११