२९ बैशाख २०८२, सोमबार | May 12, 2025

तिलोत्तमामा कृषि कार्यका लागि टेक्टरको भाडा दर निर्धारण



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कृषि कार्यका लागि टे«क्टरको भाडा दर निर्धारण गरिएको छ । यसअघि व्यवसायीले लिँदै आएको भाडा दरलाई आवश्यकता र औचित्यको आधारमा समायोजन गरिएको हो ।

नगरपालिकाले व्यवसायी समेतको उपस्थितमा सरोकारवालाहरुसँग छलफल गरेर टे«क्टरको नयाँ भाडा दर कायम गरेको वडा नं. १३ का वडाध्यक्ष गणेश न्यौपानेले जानकारी दिनुभयो । कृषिमा प्रविधिको प्रयोग बढ्दै गए पनि कृषि उपकरणको भाडादर वैज्ञानिक नहुँदा किसानहरु मर्कामा थिए । तिलोत्तमामा सर्वपक्षीय छलफलबाट टे«क्टरको कल्टिभेटर जोताई भाडा प्रतिघण्टा १ हजार २५० रुपैंयाँ र रोटाभेटर जोताई भाडा प्रतिघण्टा १ हजार ८ सय रुपैंयाँ कायम गरिएको हो । यस्तै थ्रेसरको भाडा पनि प्रतिघण्टा १ हजार ८ सय रुपैंयाँ निर्धारण भएको लुम्बिनी टे«क्टर समितिका अध्यक्ष खेमप्रसाद गौतमले जानकारी दिनुभयो ।

अब तिलोत्तमा नगरपालिकाले सरोकारवालाहरुसँगको छलफलबाट निर्धारण गरेको भन्दा बढी भाडा कसैले लिन पाउने छैनन् । तर, तोकिएभन्दा कम भाडा लिन व्यवसायीले सक्नेछन् । तिलोत्तमा नगरपालिकाले टे«क्टरको वैज्ञानिक भाडा दर कायम गर्न वडाध्यक्ष न्यौपानेको संयोजकत्वमा समिति गठन गरेको थियो । तिलोत्तमाको झण्डै ६० प्रतिशत भूभागमा कृषि कार्य हुँदै आएको छ । प्रमुख खाद्यबाली धान, गहुँ, मकैंको यहाँ ठूलो परिमाणमा उत्पादन हुने गर्दछ ।

स्थानीय सरकारले टे«क्टरको भाडा दर निर्धारण गरेकोमा किसानले खुशी व्यक्त गरेका छन् । डिजलको मूल्य, बजारको अवस्था लगायतकाको आधारमा आगामी दिनमा भाडादरलाई समायोजन गरेर अघि बढिने वडाध्यक्ष न्यौपानेले बताउनुभयो ।

यसअघि तिलोत्तमाका कतिपय वडामा कल्टिभेटरको पन्ध्र सय तथा रोटाभेटर र थ्रेसरको दुई हजार एक सयसम्म प्रतिघण्टा भाडा लिने गरिएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  १ : ३५ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं। आज पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

बुद्धजयन्ती कार्यक्रममा भाग लिन प्रधानमन्त्री पुगे लुम्बिनी

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी आइपुगेका छन्

राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलले पच्चीस

वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई

बुद्धले सामाजिक अन्याय, अन्धविश्वासविरुद्ध शान्तिपूर्ण विचार-क्रान्तिको सूत्रपात गरेका थिए : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री