११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

रुपन्देही नृत्यकर्मी संघद्धारा घरबहाल छुटका लागि अपिल



बुटवल । कोरोना भाईरस अर्थात कोभिड १९ बाट नृत्यकला क्षेत्रमा पनि प्रत्यक्ष प्रभाव परेको भन्दै रुपन्देहीमा संचालित नृत्यकर्मीेहरुले घरबहाल छुटका लागि अपिल गरेका छन ।

कोभिड १९ बो संक्रमणबाट बँच्न र बचाउन सरकारले लकडाउनको घोषणा गरेसँगै बन्द हुन पुगेका रुपन्देहीका डेढ दर्जन भन्दा बढि नृत्य कला केन्द्रहरु (डान्स सेन्टर)ले संयूक्त रुपमा अपिल जारी गर्दै कम्तिमा १ महिनाको घरबहाल छुट गरिदिन घरबेटीसँग आग्रह गरेका छन ।
कोरोना भाईरसका कारण भाडामा बस्नेहरुलाई थप समस्या परेको ठहर गर्दै नेपाल सरकारले १ महिनाको भाडा नलिनु भन्दै घरधनीसँग अनुरोध गरेपनि सबैले लागु नगरेकोले समस्या उत्पन्न भएको नेपाल नृत्यकर्मी संघ, रुपन्देहीले जनाएको छ ।

लकडाउनका कारण प्रशिक्षार्थी र प्रशिक्षकको अभावमा बन्द भएका डान्स सेन्टरहरुसँग कम्तिमा १ महिनाको घरभाडा नलिन घरधनीसँग अनुरोध गर्दै नृत्यकर्मी संघ, रुपन्देहीले घरधनीका लागि पनि कम्तिमा १ महिनाको बैंक ब्याज मिनाहा गरिदिनु हुन सरकारसँग माग गरेको छ ।
नेपाल नृत्यकर्मी संघ, रुपन्देहीका अध्यक्ष मुकेश गुरुङ र उपाध्यक्ष प्रियन्का थापाले अपिल जारी गर्दै यो बिषम परिस्थितीमा उत्पन्न समस्याको घरमै बसेर समाना गर्न, लकडाउनको पालना गर्न र आफुलाई सुरक्षित राखी धैर्यता अपनाउन सबैसँग आग्रह समेत गरिएको छ ।

अपिलमा साधना साँस्कृतिक कला केन्द्र, सगरमाथा कला केन्द्र, सप्तरङी कला केन्द्र, कुमारी कला केन्द्र, भैरहवा कला केन्द्र, सारथि कला केन्द्र, नृत्यम कला केन्द्र, यस.एम. कला केन्द्र, पिसमाउन्ट कला केन्द्र, निहारिका कला केन्द्र, सैनामैना कला केन्द्र लगाएत बिभिन्न डेढ दर्जन नृत्यकला केन्द्रहरुको समर्थन रहेको समेत जनाइएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  १ : ३९ बजे

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा अभियोग दायर

काठमाडौं । राजावादी अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का

बौद्ध सजगताः तनाव व्यवस्थापनको वैज्ञानिक उपाय

लुम्बिनी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सन् २०२१ मा

हुलाकमार्फत सरकारी ‘कुरियर’ सेवा साठी जिल्लामा विस्तार

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यले

असिनाको असर : ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको