११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

भोकभोकै ड्युटी गर्ने प्रहरीलाई नागरिकको खाजा



बुटवल । चैत्रको तेस्रो सातादेखि सडकमा पैदल यात्रा गरिरहेका श्रमिकहरुलाई लगातार खाना खुवाउने काममा सक्रिय बुटवल उप महानगर पालिका वार्ड नम्बर १ पुरानो बटौलीका युवा टोलिले आजबाट लकडाउन कार्यान्वयनमा खटिईरहेका सुरक्षाकर्मीलाई खाजा खुवाउन सुरु गरेको छ ।

सरकारले लकडाउनको घोषणा गरेसंगै चर्को घाममा नगरका बिभिन्न चोकहरुमा ड्युटि गरिरहेका सुरक्षा कर्मीलाई हरेक दिन खाजा खुवाईने टिमले जनाएको छ । एबिसी न्युजले सडकमा भोकै श्रमिकहरु पैदल यात्रा गरिरहेको खबर प्रशासरण गरे लगत्तै उपमहानगरको वार्ड नम्बर १ का अध्यक्ष महेन्द्र लिगलको अगुवाईमा पुरानो बटौलीको युवाहरु संलग्न टोलि बनेको थियो ।

टोलीले हाल सम्म १ हजार १ सय बढी श्रमिकहरुलाई सडकमै खाना बनाएर खुवाएको छ । सडकमा पैदल आउने श्रमिकहरुको संख्यामा कमी आए संगै टोलि सुरक्षामा खटिने प्रहरीहरुलाई खाजा खुवाउने काममा जुटेको टोलिका अगुवा वार्ड अध्यक्ष महेन्द्र लिगलले बताउनुभयो ।

तराईको चर्को गर्मीको प्रबाह नगरि सरकारको निर्देशन कार्यान्वयन गर्न जुटेका प्रहरीहरुलाई ड्युटि छाडेर खाजा खान जाने अवसर नमिल्नुका साथै लकडाउनका कारण नगर क्षेत्रमा होटल रेष्टुरेन्टहरु समेत बन्द भएकाले उनीहरुलाई खाजाको ब्यवस्था गरिएको लिगलले बताउनुभयो । बुटवल आसपासमा मात्र १०० बढी सुरक्षाकर्मीले लकडाउन पालना गराउने क्रममा बिहान देखि बेलुका सम्म ड्युटी गरिरहेका छन् ।

सामान्यबेला चोक र बजार क्षेत्रमा होटल रेष्टुरेण्टहरुमा चिया खाजा खाने गरेका सुरक्षाकर्मीले लकडाउनका कारण सबै बजार बन्द भएपछि भोकै खटिन बाध्य बनेका हुन् । आज मात्र टोलिले बुटवल उपमहानगरका बिभिन्न चोकहरुमा खटिएका ६५ बढी सुरक्षाकर्मीलाई खाजा बितरण गरेको पुरानो बटौलीको युवा टोलिका एक सदस्य प्रबिन उदयले बताउनुभयो ।

लकडाउन कायम रहंदा सम्म सुरक्षाकर्मीहरुलाई भोकै ड्युटि गर्नु नपर्ने गरि खाजाको ब्यवस्था गरिने उदयले बताउनुभएको छ । उहाका अनुसार हरेक दिन नेपाली परम्परा अनुसारका परिकारहरु बनाएर खाजा बितरण गरिने छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ४ : ०५ बजे

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा