४ चैत्र २०८२, बुधबार | March 19, 2026

लकडाउन खुल्दैन, घर जाने भए प्रशासनसँग सम्पर्क गर्नुहोस : प्रधानमन्त्री ओलि



काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणमा नआएसम्म लकडाउन नखुल्ने बताउनुभएको छ ।

बुधबार बालुवाटारमा नेकपाका सांसदहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले नेपाल भारत सीमामा गर्दै आएको कडाइ यथावत रहने बताउनुभएको छ ।

छलफलमा दार्चुलाका सांसद गणेश ठगुन्नाले सीमामा अलपत्रहरुलाई स्वेदश ल्याएर क्वारेन्टिनमा राख्न प्रधानमन्त्रीसँग आग्रह गनुभएको थियो । तर प्रधानमन्त्रीले भारतसँगको सीमाना अहिले नखुल्ने जो जहाँ छन् उनीहरु त्यही नै रहने जवाफ दिएको समेत वैठकमा सहभागि एक सासदले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले लकडाउनलाई केही खुकुलो बनाउन सकिने संकेत गर्नुभएको छ । लकडाउनका कारण समस्यामा परेकाहरुले घर जनाका लागि प्रशासनसँग सम्पर्क गर्ने पनि प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ ।

हिजोमात्र १२ हजार मानिस उपत्यकाबाट बाहिरिए, कसैलाई बाहिर जानु पर्ने हो भने प्रशासनलाई सूचना गरे सहयोग गर्छ’, प्रधानमन्त्रीले बैठकमा भन्नुभयो सहभागि एक सांसदले भन्नुभयो ।

सरकारले सोमबार राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि नेकपाभित्र अनतरविरोध देखिएपछि दुवै अध्यक्षले सांसदहरुसँग छलफल गरेका हुन । प्रधानमन्त्री ओलीले कुनै दल विशेषलाई लक्षित गरेर ऐन नल्याइएको प्रस्ट पार्नुभएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ९ : २० बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन