५ श्रावण २०८३, मंगलबार | July 22, 2026

बेलायतमा कोरोनाविरुद्धको पहिलो खोप मानिसमा परीक्षण



एजेन्सी । कोरोना भाइरसविरुद्धको पहिलो खोप मानिसमा परीक्षण गरिएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा कोरोना भाइरस विरुद्धको खोपको पहिलो मानव परीक्षण सुरु भएको हो ।

बिहीबार सुरुमा २ जना स्वयंसेवकलाई इन्जेक्सन दिइएको छ । खोपको परीक्षण अध्ययनका लागि अन्य ८ सयभन्दा बढीलाई इन्जेक्सन दिने तयारी गरिएको छ ।

खोप लिने दुईजनामध्ये एकजना एलिसा ग्रानाटोले बीबीसीलाई भनिन्, ‘म एक वैज्ञानिक हुँ, त्यसैले जहाँ भए पनि वैज्ञानिक प्रक्रियालाई सहयोग गर्न प्रयास गर्न चाहान्थे ।’

यो खोप ३ महिनाभित्र अक्सफोर्ड विश्वविद्यालयको टोलीद्वारा विकसित गरिएको हो । यो अभियानका लागि जेनर इन्स्टिच्युटबाट भ्याक्सिनोलोजीकी प्रोफेसर सारा गिलबर्टले प्रि–क्लििनिकल अनुसन्धानको नेतृत्व गरेकी थिइन् ।

खोपको परीक्षण सुरु गरेपछि उनले भनिन्, व्यक्तिगत रुपमा मलाई यो खोपमा निकै विश्वास छ’ प्रोफेसर गिल्बर्टले भनिन्, ‘मलाई ८० प्रतिशत आत्मविश्वास छ कि यो भ्याक्सिनले काम गर्छ ।’

बेलायतमा कोरोना संक्रमण तिव्र रुपमा फैलिरहेको छ । त्यहाँ संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार ७ सय ३८ पुगेको छ भने संक्रमितहरुको संख्या १ लाख ३८ हजारभन्दा बढी देखिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ७ : १८ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं