२४ मंसिर २०८०, आइतबार | December 11, 2023

बेलायतमा कोरोनाविरुद्धको पहिलो खोप मानिसमा परीक्षण



एजेन्सी । कोरोना भाइरसविरुद्धको पहिलो खोप मानिसमा परीक्षण गरिएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा कोरोना भाइरस विरुद्धको खोपको पहिलो मानव परीक्षण सुरु भएको हो ।

बिहीबार सुरुमा २ जना स्वयंसेवकलाई इन्जेक्सन दिइएको छ । खोपको परीक्षण अध्ययनका लागि अन्य ८ सयभन्दा बढीलाई इन्जेक्सन दिने तयारी गरिएको छ ।

खोप लिने दुईजनामध्ये एकजना एलिसा ग्रानाटोले बीबीसीलाई भनिन्, ‘म एक वैज्ञानिक हुँ, त्यसैले जहाँ भए पनि वैज्ञानिक प्रक्रियालाई सहयोग गर्न प्रयास गर्न चाहान्थे ।’

यो खोप ३ महिनाभित्र अक्सफोर्ड विश्वविद्यालयको टोलीद्वारा विकसित गरिएको हो । यो अभियानका लागि जेनर इन्स्टिच्युटबाट भ्याक्सिनोलोजीकी प्रोफेसर सारा गिलबर्टले प्रि–क्लििनिकल अनुसन्धानको नेतृत्व गरेकी थिइन् ।

खोपको परीक्षण सुरु गरेपछि उनले भनिन्, व्यक्तिगत रुपमा मलाई यो खोपमा निकै विश्वास छ’ प्रोफेसर गिल्बर्टले भनिन्, ‘मलाई ८० प्रतिशत आत्मविश्वास छ कि यो भ्याक्सिनले काम गर्छ ।’

बेलायतमा कोरोना संक्रमण तिव्र रुपमा फैलिरहेको छ । त्यहाँ संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार ७ सय ३८ पुगेको छ भने संक्रमितहरुको संख्या १ लाख ३८ हजारभन्दा बढी देखिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ७ : १८ बजे

पोखरामा सवारी दुर्घटनामा दुई युवतीको मृत्यु

पोखरा । पोखरामा आज साँझ कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा

औद्योगिक विकासका लागि नीतिगत निर्णय कार्यान्वयनमा जोड

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीले राज्यले ठोस औद्योगिक विकासका लागि

माओवादी केन्द्रका उपमहासचिव मातृका यादव अस्पताल भर्ना

काठमाडौं। नेकपा माओवादीका केन्द्रका उपमहासचिव मातृका यादव अस्वस्थ भएर नर्भिक

अर्थतन्त्र बलियो बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड

काभ्रेपलाञ्चोक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र बलियो

शेखर कोइरालाले बोलाए गुट बैठक

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू समूहको बैठक