१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

लकडाउनका कारण ‘टिप्पर व्यवसायीहरु चरम संकटमा’



बुटवल । नेपालमा कोरोना भाइरसको सम्भावित महामारी फैलिन नदिनको लागी सरकारले घोषणा गरेको लकडाउनका कारण अन्य ब्यवसायहरु जस्तै टिप्पर ब्यवसाय संकटमा परेको छ । लकडाउनका कारण सबै व्यवसाय/क्षेत्रमा प्रभाव परेतापनि टिप्पर व्यवसायीले भने आफूूहरु बढी मर्कामा परेको गुनासो गरेका छन् ।

टिप्पर ब्यवसायको मुख्य सिजनका रुपमा रहेको चैत्र र बैशाख महिना पृुरै लकडाउन भएपछि टिप्पर ब्यवसायी र त्यसमा आश्रित मजदुरहरु ठुलो समस्यामा परेकाछन् । पाल्पाको तिनाउ गाउँपालिकामा रहेका ५० बढी टिप्पर व्यावसायीहरुले मुख्य सिजनमा ब्यवसाय ठप्प भएसंगै सिजन पछि जिविका चलाउनै गारो हुने अवस्था आएको बताएकाछन् ।

उनीहरुले ३/४ महिना मात्र निरन्तर सञ्चालन गरेर वर्षभर खर्च व्यवस्थापन गर्नुपर्ने र त्यही समयमा व्यावसाय ठप्प हुुँदा कोरोनाबाट बचेपनि व्यवसायले डुवाउने होकि भन्ने चिन्ता लागि रहेको टिप्पर व्यावसायी तथा तमन्ना मल्टि प्रपोजका प्रबन्ध निर्देशक तोया लम्सालले गुुनासो गर्नुभयो । उहाका अनुसार तिनाउ गाउँपालिकामा ३१ वटा ढुुवानी सेवा रहेका छन् ।

६ वटा खानी रहेको तिनाउ गाउपालिकामा ३०० बढी टिप्पर रहेका छन् । टिप्परका चालक, सह-चालक, ढुवानीमा कार्यरत कर्मचारी गरी प्रत्यक्ष रुपमा ७ सय बढी रोजगार रहेका छन् । ती खानीबाट विभिन्न सिमेण्ट उद्योगमा ढुुवानी गर्ने टिप्पर चैत्रदेखि ठप्प छन । ३ सय बढी टिप्पर नचल्दा मासिक तिर्नुुपर्ने किस्ताले अहिले व्यावसायीको टाउको दुुखेको लम्साल बताउनुहुन्छ ।

उहाले प्रति टिप्पर खरिद गर्दा ३६ लाख पर्ने र मासिक किस्ता ५० देखि ७५ हजारसम्म पर्ने हुँदा सिजनको बेला सञ्चालन नहुुँदा व्यावसाय र व्यवसायी धरापमा पर्ने बताउनुभयो । उहाले समाज र समुदायले टिप्परप्रति हेर्ने दृष्टिकोण नै फरक रहेको बताउनुभयो ।

लम्सालका अनुसार वर्षभरी राम्रोसँग टिप्पर चल्ने जम्मा ६ महिना मात्र हो । जेठ, असार, साउन, भदौं, असोज वर्षातका समय ५ महिना यस क्षेत्रका टिप्पर पूर्णतया बन्द हुन्छन् । अन्य समयमा पनि रोटेशन मिलाएर चल्ने गर्दछ । यस वर्ष पहिले वर्षातले र पछिल्लो समय कोरोनाका कारण लकडाउनले टिप्पर व्यावसायी प्रभावित हुुँदा व्यावसायीलाई एक वर्षकै धक्का लागेको ब्यवसायीहरुको भनाई छ । एक वर्षको काम रोकिंदाब्यवसायमा गरेको लगानीको ऋण, बैंकको किस्ता, व्याज, कर्मचारी, चालक, सहचालकको खर्च धान्न नसकी व्यावसाय र व्यावसायी नै टाट पल्टने अवस्था आएको उनीहरु बताउंछन् ।

व्यवसायी डुुब्ने तथा श्रमजिजिवीको जिविकोपार्जनमा कठिनाई हुने समस्या आउन सक्ने भएकाले बैंक तथा सरकारले समयमै सोँच्न आवश्यक रहेको लमसाले बताउनुभयो । उहाले आन्तरिक वसार पसारलाई खुकुलो बनाउन माग गर्दै सरकारसंग चुनढुङ्गा ढुवानी गर्नदिन आग्रह गर्नुभएको छ । चुनढुङ्गा ढुवानी गर्दा कोराना भइरसले कुनैपनि असर नगर्ने उहांले बताउनुभयो ।

ढुवानी गर्दा खानीमा स्काभेटरबाट लोड गरीने टिप्परमा चालक र सहचालक मात्र हुने र अनलोड गर्दा उद्योगमा अटोमेटिक सिस्टमले अनलोड हुने र ढुवानी गर्दा कुनैपनी भिडभाड नहुने अन्य मानिसहरु संग सिधा सम्पर्क समेत नहुने भएकाले रोक्न आवश्यक नरहेको ब्यवसायीहरु बताउंछन् ।

अर्का व्यवसायी अरविन्द पाण्डेले जेठ असार सम्ममा लकडाउनके अन्त्य भएपनि अन्य व्यावसाय त सुचारु भएपनि टिप्पर ब्यवसायका लागि असोज, कार्तिक नै कुर्नुु पर्ने बताउनुहुन्छ ।

“३१ ढुवानीका ३ सय बढी टिप्परमा अरबौं लगानी छ । ती टिप्परहरु मध्ये केही टिप्परको मासिक किस्ता २ करोड बढी छ । अब यस व्यावसायलाई बचाउन र यससँग आवद्धको जिविकोपार्जनका लागि सरोकारवालाले सहयोग गर्नै पर्दछ” उहाले भन्नुभयो । सरकारले चैत मसान्तसम्मको किस्ता असारमा तिर्नभने पनि टिप्पर व्यावसायीहरु बन्द हुने हुंदा त्यतिबेला बैंक किस्ता तिर्न नसकीने पाण्डे बताउनुहन्छ ।

राज्यलाई करोडौं कर तिरेर, सयौंलाई स्वरोजगार बनाएर हजारौंको जिविकोपार्जनमा टेवा पुुर्याउनुका साथै विकास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ढुवानी सेवामूलक व्यवसाय धरापमा पर्ने ब्यवसायीको आंकलन छ । “व्यवसाय र यसमा आवद्ध श्रमजिविको जिविकोपार्जनको सवालमा राज्यले नहेरे ठूलो संकट आउनेछ” ।

रुपन्देहीको सिमा नजिकै रहेका पाल्पाका खानीबाट करिब ९० प्रतिशत चुनढुुङ्गा रुपन्देहीमा भित्रिन्छ । देशमै ५० प्रतिशत बढी सिमेण्ट उत्पादन रुपन्देहीमा हुन्छ । अहिले टिप्पर नचल्दा ति उद्यगोगलाई आवश्यक चुन ढुङ्गा नहुुँदा सिमेण्ट उद्योग पनि केही समय बन्द हुने सम्भावना रहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ७ : ५८ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम