१८ चैत्र २०७९, शनिबार | April 1, 2023

लन टेनिस संघ रुपन्देहीका खेलाडीले गरे बुटवलको राहत कोषमा नगद सहयोग



बुटवल । बुटवल उपमहानगरपालिकाको नगर राहत कोषमा रुपन्देहीका लन टेनिस खेलाडीहरुले सहयोग गरेको छन । लन टेनिस संघ रुपन्देहीका पदाधिकारी, सदस्य खेलाडीहरुले आर्थिक जुटाएर राहत कोषमा २५ हजार आर्थिक सहयोग गरेका हुन ।

संघका अध्यक्ष सन्जय श्रेष्ठले शनिबार बुटवल उपमहानगरपालिका वडा नं ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीलाई नगद हस्तान्तरण गर्नुभएको छ । खेलबाट सामाजिक क्षेत्रमा योगदान दिन सक्ने सन्देश स्वरुप रकम हस्तान्तरण गरिएको उहाले बताउनुभयो ।

राहत रकम बुझ्दै वडा अध्यक्ष क्षेत्रीले वडामा खेल सम्बद्घ संस्थाहरुबाट पहिलोपटक राहतकोषमा सहयोग भएको बताउनुभयो । अहिलेसम्म वडा राहत कोषमा १५ लाख बराबर सहयोग जुटेको उहाले बताउनुभयो । जसबाट २ हजार ५ सय घरपरिवारलाई राहत वितरण भएको उहाले बताउनुभयो । वडाबाट करीब २२ लाख बढीको राहत वितरण भएको उहाले बताउनुभयो ।

कोरोना भाईरस संक्रमण रोक्न घरभित्र बस्नु नै उपयुक्त उपाय भएको बताउनुभयो । उहाले जटिल वडाका रुपमा रहेको भन्दै अहिलेको राहत समस्या परेकाले मात्र लिन्दा राम्रो हुने बताउनुभयो । संघका सचिव गोपाल ज्ञवालीले खेल क्षेत्रका रुपमा वडा ११ अगाडि रहेको बताउनुभयो । अहिलेको अवस्थामा सबै क्षेत्रबाट थोरै थोरै सहयोग भए समस्या समाधान हुने उहाले बताउनुभयो ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ९ : ३८ बजे

कविता : ‘उपियाँको साम्राज्य हो त्यो!’

निमुखा र गरिबको रगत र पसिना चुसेर ठडिएको महल, महल

समीक्षा अधिकारीको ‘बर्दिबासको घाम’मा प्रथम र नग्मा

काठमाडौं । गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको

भरत तालमा पर्यटकको घुँइचो

सर्लाही । सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन

आजदेखि रसुवागढी नाका पूर्णरुपमा सञ्चालन हुने

काठमाडौं । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि

बालसुधार गृहका २४ जनाले दिए एसइई

नेपालगन्ज । अपराध कर्ममा फसेका बालकलाई सरकारले संचालन गरेको बाँकेको