९ चैत्र २०८२, सोमबार | March 23, 2026

लन टेनिस संघ रुपन्देहीका खेलाडीले गरे बुटवलको राहत कोषमा नगद सहयोग



बुटवल । बुटवल उपमहानगरपालिकाको नगर राहत कोषमा रुपन्देहीका लन टेनिस खेलाडीहरुले सहयोग गरेको छन । लन टेनिस संघ रुपन्देहीका पदाधिकारी, सदस्य खेलाडीहरुले आर्थिक जुटाएर राहत कोषमा २५ हजार आर्थिक सहयोग गरेका हुन ।

संघका अध्यक्ष सन्जय श्रेष्ठले शनिबार बुटवल उपमहानगरपालिका वडा नं ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीलाई नगद हस्तान्तरण गर्नुभएको छ । खेलबाट सामाजिक क्षेत्रमा योगदान दिन सक्ने सन्देश स्वरुप रकम हस्तान्तरण गरिएको उहाले बताउनुभयो ।

राहत रकम बुझ्दै वडा अध्यक्ष क्षेत्रीले वडामा खेल सम्बद्घ संस्थाहरुबाट पहिलोपटक राहतकोषमा सहयोग भएको बताउनुभयो । अहिलेसम्म वडा राहत कोषमा १५ लाख बराबर सहयोग जुटेको उहाले बताउनुभयो । जसबाट २ हजार ५ सय घरपरिवारलाई राहत वितरण भएको उहाले बताउनुभयो । वडाबाट करीब २२ लाख बढीको राहत वितरण भएको उहाले बताउनुभयो ।

कोरोना भाईरस संक्रमण रोक्न घरभित्र बस्नु नै उपयुक्त उपाय भएको बताउनुभयो । उहाले जटिल वडाका रुपमा रहेको भन्दै अहिलेको राहत समस्या परेकाले मात्र लिन्दा राम्रो हुने बताउनुभयो । संघका सचिव गोपाल ज्ञवालीले खेल क्षेत्रका रुपमा वडा ११ अगाडि रहेको बताउनुभयो । अहिलेको अवस्थामा सबै क्षेत्रबाट थोरै थोरै सहयोग भए समस्या समाधान हुने उहाले बताउनुभयो ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ९ : ३८ बजे

इरान-अमेरिका/इजरायल युद्धले सन् १९७० दशकको तेल संकटको सम्झना दिलाउँदै

इरानसँगको अमेरिका–इजरायल युद्धका कारण बढ्दो ऊर्जा संकटले सन् १९७० दशकका

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका रिट न्यायाधीश शर्मा र मुसलमानको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत