१ कार्तिक २०८३, शनिबार | October 17, 2026

बुटवलमा दोस्रो चरणमा १० हजार परिवारलाई राहत वितरण गरिँदै



बुटवल । बुटवलमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सचेतना, सजगता र स्वास्थ्य परीक्षणका काम भइरहेका छन् । भने, संगसंगै दोस्रो चरणको राहत वितरणका काम पनि सुरु भएका छन् ।

पहिलो चरणमा झण्डै सात हजार घर परिवारलाई राहत वितरण गरिएकोमा दोस्रो चरणमा भने संख्या बढेर झण्डै १० हजार पुग्ने भएको छ । १९ वटै वडा, त्यहाँका टोलविकास संस्था र राजनीतिक दलका प्रतिनिधिहरुसमेतको संयुक्त समन्वयमा संकलन भएका घर परिवारलाई दोस्रो चरणको राहत वितरण सुरु भएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।

कोरोना भाइरस रोग (कोभिड–१९) परीक्षणको दायरा बढाउने र लकडाउनको पूर्ण पालना गराउने र विपन्न परिवारलाई लगत संकलन गरेर लक्षित समूदायमै पुग्नेगरि राहत वितरणको काम भइरहेको प्रमुख सुवेदीको भनाइ छ ।

बुटवलमा राहत वितरण, सचेतना र सावधानीका काम संगसंगै भइरहेका छन् । ‘फिवर क्लिनिकमार्फत अवस्था पहिचान र दर बढ्न नदिन देशैभरी परीक्षणको दायरा बढाउँदै लगिएको छ र समुदायस्तरमा सचेतनाका कार्यक्रम पनि सञ्चालन गरिएको प्रमुख सुवेदीले बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाले निर्माण गरेका क्वारोटाइनमा रहेका र स्वाथ्य उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा आएकाहरु सबैको परीक्षण गरिएको छ ।

बुटवलले १९ वटै वडालाई लक्षित गरेर फिवर क्लिनिक सञ्चालन गरेको छ भने स्वास्थ्यकर्मीलाईं हटलाइन सेवामा खटाएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो ।

वरिष्ठ अधिकृत विजयदेव भुर्तेलको नेतृत्वमा सबै टोलमा राहतको व्यवस्थापन र लक्षित समुदायको अवस्थाका बारेमा अनुगमन र स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहको नेतृत्वमा सबै वडाको समन्वय हुनेगरि फिवर क्लिनिकमा चेकजाँचको काम भइरहेको शर्माको भनाइ छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ७ : ३२ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ