१३ चैत्र २०७९, सोमबार | March 28, 2023

लायन्स क्लव अफ बुटवल मिलनको अध्यक्षमा खनाल निर्वाचित



बुटवल । लायन्स क्लव अफ बुटवल मिलनको अनलाईन प्रविधि मार्फत निर्वाचन सम्पन्न भएको छ ।

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको पुर्ण पालना गर्दै क्लवले अनलाईन प्रविधिलाई प्रयोग गर्दै निर्वाचन गरेको हो । अनलाईन प्रविधि मार्फत भएको निर्वाचनमा बर्ष २०२०/०२१ का लागि अध्यक्षमा कमल खनाल निर्वाचित भएका छन् ।

उहा युवा व्यवसाय हुनुहुन्छ । त्यस्तै उपाध्यक्षमा शारदा थापा, सचिवमा दिपक घिमिरे र कोषाध्यक्षमा सुरेन्दराज ज्ञवाली निर्वाचित हुनुभएको छ । बाँकी रिक्त पदमा लकडाउन खुल्ला भएपछि निर्वाचन गरिने बताइएको छ ।

लायन्स क्लव अफ बुटवल मिलनका एक्शटेन्सन चेयर पर्सन योगेश घिमिरे, संस्थापक अध्यक्ष गोपाल टण्डन, पुर्व अध्यक्षहरुको सहभागितामा क्लवले नयाँ नेतृत्वका लागि निर्वाचन गरेको थियो ।

सोही अवसरमै निर्वाचित अध्यक्ष कमल खनालले लायन्सले यस अघि गरेको सामाजिक कार्यहरुलाई निरन्तरता दिने बताउनुभयो । उहाले कोरोनाको यो महामारीको अवस्थामा विशेष कार्यक्रम समेत ल्याउने प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  १० : ३० बजे

‘तिलौराकोट-कपिलबस्तु सम्पदा उत्सव’

लुुम्बिनी । प्राचिन शाक्य गणराज्यको राजधानी कपिलबस्तुका पुरातात्विक सम्पदाहरुको संरक्षण

एमालेको ‘मिसन ग्रासरुट अभियान’ को सातै प्रदेशमा समीक्षा

काठमाडौं । नेकपा (एमाले) ले पार्टी सृदृढीकरण तथा विस्तार अभियानका

एमाले विकास र लोकतन्त्रको पक्षमा छ : अध्यक्ष ओली

गुल्मी । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

कांग्रेस कार्यसम्पादन समिति बैठक बिहीबारका लागि सर्‍यो

काठमाडौं । मंगलबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति

आर्ट अफ लिभिङको आयोजनामा ‘रामलला की माता’ कथा

भैरहवा । मानवलाई ‘जिवन जिउने कला’ सिकाउदै अघि बढेको संस्था