२३ श्रावण २०८३, शनिबार | August 9, 2026

बलिउडलाई एक पछि अर्को पिडा, रहेनन् ऋषि कपुर



बुटवल, १८ बैशाख । बलिउडले यो हप्ता एक पछि अर्को गर्दै सशक्त अभिनेताहरु गुमाएको छ । बुधबार मात्र अभिनेता इरफान खान गुमाएको बलिउडले आज अर्को चर्चित अभिनेता ऋषि कपुरलाई गुमाएको छ । उनको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको भारतीय सञ्चारमाध्यमहरुले लेखेकाछन् । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।
भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।
स्वर्गिय कपुरका बबी, चांदनी, दिवाना, नागिना, प्रेम रोग, अमर अकबर एन्थोनी जस्ता चलचित्रहरु बलिउडमा चर्चित छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  १० : ४५ बजे

अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी