१० चैत्र २०७९, शुक्रबार | March 25, 2023

बलिउडलाई एक पछि अर्को पिडा, रहेनन् ऋषि कपुर



बुटवल, १८ बैशाख । बलिउडले यो हप्ता एक पछि अर्को गर्दै सशक्त अभिनेताहरु गुमाएको छ । बुधबार मात्र अभिनेता इरफान खान गुमाएको बलिउडले आज अर्को चर्चित अभिनेता ऋषि कपुरलाई गुमाएको छ । उनको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको भारतीय सञ्चारमाध्यमहरुले लेखेकाछन् । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।
भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।
स्वर्गिय कपुरका बबी, चांदनी, दिवाना, नागिना, प्रेम रोग, अमर अकबर एन्थोनी जस्ता चलचित्रहरु बलिउडमा चर्चित छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  १० : ४५ बजे

भैरहवामा पहिलो पटक इण्डो–नेपाल बक्सिङ खेल

भैरहवा । शनिबार भैरहवामा इण्डो(नेपाल बक्सिङ खेलको आयोजना हुने भएको

बीपीसीको विद्युत् महसुल निर्धारण प्रस्तावमा जनप्रतिनिधिको असन्तुष्टि

बुटवल । बुटवल पावर कम्पनी लिमिटेडले विद्युत् नियमन आयोगसमक्ष विद्युत्

कञ्चपुरकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु

धनगढी । नेपालको कैलाली(कंचनपुरसंग सीमा जोडिएको दुधवा नेसनल पार्क भित्र

आम जनता पार्टी र माओवादी समाजवादीबीच एकता

काठमाडौं । प्रभु साह नेतृत्वमा आम जनता पार्टी र नेकपा

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत प्राप्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत प्राप्त