५ पुस २०८२, शनिबार | December 20, 2025

जिल्ला प्रहरी को मुल गेट अगाडी नै लागु औषधको कारोबारे पक्राउ



बर्दिया । बर्दिया जिल्लाको गुलरिया स्थित जिल्ला प्रहरी कार्यालयको मुल ढोका अगाडी नै लागु औषधको कारोबार गर्ने समुह पक्राउ परेका छन् ।

कार्यालय अगाडी बा १२ च ६२९९ नंम्बरको गाडीमा लागु औषध ब्राउनसगुरको कारोबार गरिरहेको अवस्थामा बर्दिया प्रहरीले ४ जनालाई पक्राउ गरेको जनाएको छ । गोप्य सूचनाको आधारमा बिशेष गस्ति टोलीले उक्त गाडी पछ्याउदै जाँदा बुधबार साँझ जिल्ला प्रहरी कार्यालय बर्दियाको मुलगेट अगाडीबाट ४६ ग्राम ४३० मिलि ग्राम लागु औषध ब्राउनसुगर सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलाली टिकापुर १ का राजन रावल, लम्की चुवा नगरपालिका ५ का रोशन कडायत, दैलेख दुल्लु नगरपालिका ७ का आकाश शाह तथा कैलाली टिकापुर नगरपालिका ९ का रमेश न्यौपाने रहेका छन् ।

गाडी तथा पक्राउ परेकाहरुलाई खानतलासी गर्दा गाडीको स्टेरिङ भित्र कालो रङको प्लाष्टिक भित्र पोको पारी राखेको ४६ ग्राम ४३० मिलि ग्राम लागु औषध ब्राउनसुगर प्रहरीले फेला पारेको थियो । पक्राउ परेकाहरुलाई हिरासतमा राखि आबश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  ४ : २१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको