२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

कर्णालीमा थपिए १५ जना, देशभर संक्रमितको संख्या ९०० नाघ्यो



सुर्खेत । कर्णाली प्रदेशमा बुधबार फेरि थप १५ जना कोरोना भाइरसका संक्रमित देखिएका छन् ।

सुर्खेतस्थित कोरोना प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा १५ जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

नयाँ संक्रमितमध्ये खुर्खेत वीरेन्द्रनगर नगरपालिकाका १० जना रहेका छन् । ती मध्ये ७ जना पुरुष र ३ महिला रहेका छन् ।

यस्तै, सुर्खेतकै चौकुने गाउँपालिकाका दुईजना महिला र एकजना पुरुष रहेका छन् भने अर्का एकजना बझाङका रहेक छन् ।

बुधबार थपिएका सँगै कर्णालीमा संक्रमितको सङ्ख्या ३८ पुगेको छ । यससँगै देशभर कोरोना संक्रमित हुनेको संख्या ९०१ पुगेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  ६ : ३६ बजे

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद