३२ असार २०८३, बिहिबार | July 16, 2026

गणतन्त्र बलिदानीपूर्ण सङ्घर्षको उपलब्धि : मुख्यमन्त्री शाही



सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गणतन्त्र दिवस जनताको ऐतिहासिक बलिदानीपूर्ण सङ्घर्षको उपलब्धि भएको बताउनुभएको छ ।

गणतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले जननिर्वाचित संविधानसभाबाट विसं २०६५ जेठ १५ गते आजकै दिन सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको घोषणाको गौरवमय अवसरमा प्रदेशवासी एवं सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

कोभिड–१९ ले सिर्जना गरेको परिस्थितिले गर्दा यस ऐतिहासिक दिनको सम्झनामा सधैँका वर्षझैँ यो वर्ष व्यापक हर्षोल्लासका साथ गणतन्त्र दिवस मनाउन सक्ने अवस्था नरहेको कुरा व्यक्त गर्दै यस वर्ष भौतिक दूरी कायम राखेर सरकारी कार्यालय तथा आ–आफ्नो घरमा दिपावलीलगायतका कार्यक्रम गर्न उहाँले सन्देशमा आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो “विश्व समुदायसँगै प्रदेश सरकार पनि सम्पूर्ण साधन स्रोत तथा संयन्त्रको परिचालनसहित कोभिड– १९ले सिर्जना गरेको सङ्कटपूर्ण अवस्था अन्त्य गर्न लागिरहेको छ । मानव जीवनमा आउने हरेक समस्याको समाधान अवश्यम्भावी भएकाले सो सङ्कटको समाधान हुने विश्वास दिलाउँदै अहिलेको परिस्थितिबाट निरास नहुन तथा धैर्य गर्न आग्रह गर्दछु ।”

सम्भावित जोखिम रोकथाम गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले गरेका प्रयासलाई सबै नागरिकहरुले आ–आफ्नो तर्फबाट सक्दो सहयोग हुने अपेक्षा रहेको तथा सरकारले घोषणा गरेको लकडाउनको पालना गर्न, भौतिक दूरी कायम गर्न र स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्नुहुन उहाँले सन्देशमा सबैलाई अनुरोध गर्नुभएको छ ।

उहाँले सन्देशमा बलिदानीपूर्ण सङ्घर्षको प्रतिफलस्वरुप प्राप्त राजनीतिक व्यवस्थाबाट जनताले गरेको विकास र समृद्धिको अपेक्षा पूरा गर्न हाम्रासामु आइपुग्ने सबैखाले बाधा, अवरोध र चुनौतीको सामना गर्दै प्रदेश सरकार लागिरहने जानकारी दिनुभयो । राष्ट्रिय एकतासहित विकास र समृद्धिको अभियानको सफलता प्राप्ति तथा सामाजिक न्यायसहितको समाजवादी राज्य व्यवस्था स्थापना गर्न समग्र नेपालीमा प्रेरणा पैदा हुने विश्वास उहाँले सन्देशमा व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  १२ : २८ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना