१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

यो गीतबाट डेब्यू गरेका थिए पल शाहले, बन्यो रिमिक्स



पछिल्लो समय नेपाली लोक पप बिधालाई थप उचाईमा पुर्याएका गायक हुन सुनिल गिरी। आफै गीत लेख्ने सुनिल आफै कम्पोज गर्छ्न र कतिपय भिडियोमा अभिनय समेत गर्न भ्याउँछ्न।

सुनिल गिरीको पहिलो गीत को होला त्यो ।।। मर्फत डेब्यु गरेका नायक पल शाह अहिले चल्तिका नायक छन। को होला त्यो… हिट भए पछि सुनिलले सो गीतको भाग २ र ३ पनि निकाले ।

को होला त्यो… का तीन वटै गीत र अर्को गीत देउराली भञ्ज्याङ्।।। का उत्कृष्ट शब्दहरूलाइ ुब्लेण्डु गरि सुनिलले रिमेक गीत ‘देउराली भञ्ज्याङ् को होला त्यो… ’ सार्वजनिक गरेका छन्।

दर्शन श्रोताले अधिक मन पराएका गीतहरूको संगालो बनाएर सार्वजनिक गरेको सुनिल बताउँछन्। गीतमा पल शाह सँगै कृस्टिना थापाले अभिनय गरेकी छन्।

यसरी बनेको थियो ‘को होला त्यो…’

कुरा २०६९ सालको हो। सुनिलले भर्खरै मोटरसाइकल किनेका थिए। उनी निकै डुल्थे त्यो ताका। एकान्तमा गएर गुनगुनाउन मन पराउने उनी सितापाइला हुँदै व्हाइट गुम्बा निकै जान्थे।

गुम्बा जँदा एक जना युवती सुनिलको नजरमा परिन। युवती पनि लजालु पाराले सुनिललाई हेर्थिन। त्यै हेराइ सम्झेर सुनिल गुनगुनाउँदै गर्दा जन्मेको गीत हो ‘को होला त्यो…’।

सानै देखि गायनमा रुचि राख्ने सुनिलले त्यो गीत आफै कम्पोज गरे अनि आफ्नै स्वरमा रेकर्ड गराए। अडियो त बन्यो अब भिडियो बनाउनु पर्‍यो। गीतको निर्देशन सतिस श्रेष्ठले गर्ने पक्का भयो। मोडलिङ कसले गर्ने भन्ने कुरा चल्यो। तराइ टेलिभिजनका क्यामरा पर्सन उमंग शाहीले सुनिललाई पल शाह सँग भेट गराए। पल त्यतिबेला तराइ टेलिभिजनमै काम गर्थे। भेटेर कुराकानी गरेपछी सुनिलले हुन्छ भने पछि प्रकृति श्रेष्ठ र पलले अभिनय गरेर हेटौंडाको एक खोला किनारमा सुटिङ भयो।

त्यतिबेला नेपाली गीतहरू युटुबमा राम्रै चल्न थालेका थिए। २०७० सालमा सुनिलले चिनजानका एक जना दाइको युटुब च्यानलमा गीत अपलोड गर्न दिए। गीत सोच्दै नसोचेको हिट भएको सुनिल बताउँछन्। अहिले भने सुनिलले सो गीत लागायत आफ्ना सबौ गीत आफ्नै अफिसियल युटुब च्यानलमा अपलोड गरेका छन ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ५ : ३२ बजे

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई