१७ श्रावण २०८३, आइतबार | August 2, 2026

१ अवकास प्राप्त उपरथीसहित ८ अधिकृतमाथि सेनाबाट अनुशासनको कार्वाही



काठमाडौं । नेपाली सेनाको समरी जनरल सैनिक अदालतबाट सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा एक जना अवकाश प्राप्त पाइलट उपरथीलाई नसिहत तथा रकम असुल उपर सहित ८ जना सैनिक अधिकृतहरुलाई कारवाही गरेको छ । सैनीक अदालतले १ जना अधिकृत तथा ९ जना अन्य दर्जाहरुलाई भने सफाई दिएको छ ।

सैनिक हवाई महानिर्देशनालय, गौचरमा कार्यरत रहँदा अनियमितता गरेको अभियोगमा पाइलट उपरथी सुधिर श्रेष्ठ (अवकाश प्राप्त) सहित १९ जना बिरुद्ध अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको मुद्दा चलाइएको थियो । नेपाली सेनाले सैनिक हवाई महानिर्देशनालयमा विभिन्न किसिमका कमि कमजोरी भएको भन्ने सम्बन्धमा सत्यतथ्य छानबिन गर्न रथीको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी बोर्डको गठन गरेको थियो । बोर्डको प्रतिबेदनको आधारमा सैनिक अदालतले फैसला गरेको नेपाली सेनाले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

सैनिक अदालतले तत्कालिन सैनिक हवाई महानिर्देशक पाईलट उपरथी श्रेष्ठ महानिर्देशक रहेको अवधिमा ओहदा अनुसार दायित्व पुरा नगरेको भन्दै नगद ५८लाख ९५ हजार ५९०रुपैयाँ असुल गर्नुका साथै नसिहत दिने फैसला गरेको छ । अदालतले सोही मुद्धामा अन्य ८ जना अधिकृतहरुले आफूलाई प्राप्त जिम्मेवारीलाई प्रभावकारी रुपमा सम्पादन नगरेको ठहर गरि सचेत गराउने गरी फैसला गरेको सेनाको बिज्ञप्तिमा उल्लेख छ ।

१ जना अधिकृत र अन्यदर्जा ९ जनालाई भने सैनिक अदालतले सफाई दिने फैसला गरेको छ ।

विज्ञप्तिमा नेपाली सेनाले पद्दती र प्रणालीमा आधारित संगठन सन्चालनमा जोड दिंदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहीनताको अन्त्य गर्ने लक्ष्य अनुसार अनुशासन र आचरण विपरित कार्य गर्नेहरुलाई कारवाही गरिएको जनाएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ९ : ५६ बजे

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो