२८ चैत्र २०८२, शनिबार | April 11, 2026

चीनलाई समर्थन गरेको आरोप लगाउँदै ट्रम्पले तोडे डब्लुएचओसँग सम्बन्ध



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँग सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको महामारी रोक्न असफल भएको र चीनको पिछलग्गु भएको आरोप लगाउँदै डब्लुएचओसँग सम्बन्ध तोडेका हुन् ।

गए राति ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा ट्रम्पले सबै सम्बन्ध तोडेको घोषणा गरेका हुन् । उनले डब्लुएचओले संगठन सुधार गर्न दिएको एक महिनाको समयसीमामा कुनै सुधार गर्न नसकेको आरोप लगाए । ट्रम्पले भने, ‘डब्ल्यूएचओ पूर्णरुपमा चीनको नियन्त्रणमा छ । जबकि अमेरिकाले भन्दा चीनले थोरै मात्र आर्थिक सहयोग दिन्छ । चीनले केबल चार करोड डलर दिन्छ तर डब्ल्यूएचओमा उसैको नियन्त्रण छ ।’

गत महिना बसेको डब्लुएचओको बैठकमा ट्रम्पले चीनको मात्र तावेदारी गरेको, कोरोना भाइरस रोकथाममा चीनको प्रभावमा परेको, विश्वलाई महामारीबारे समयमै सूचना नदिएको आरोप लगाउँदै एकमहिनाभित्र सुधार गर्न चेतावनी दिएका थिए ।

जेनेभामा मुख्यालय रहेको डब्लुएचओलाई अमेरिकाले वार्षिक ४५करोड अमेरिकी डलर सहयोग गर्छ । अन्य अमेरिकी सहायता संस्थाहरुले थप ४० करोड डलर सहयता गर्छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ७ : ०० बजे

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित

नवनियुक्त मन्त्रीद्वय यादवले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका

भक्तपुरमा बिस्का: जात्रा सुरु

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्का:

संघीय संसद्को चालु अधिवेशन मध्यरातिदेखि अन्त्य

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन शुक्रबार मध्यराति १२ बजेदेखि