४ पुस २०८२, शुक्रबार | December 19, 2025

चीनलाई समर्थन गरेको आरोप लगाउँदै ट्रम्पले तोडे डब्लुएचओसँग सम्बन्ध



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँग सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको महामारी रोक्न असफल भएको र चीनको पिछलग्गु भएको आरोप लगाउँदै डब्लुएचओसँग सम्बन्ध तोडेका हुन् ।

गए राति ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा ट्रम्पले सबै सम्बन्ध तोडेको घोषणा गरेका हुन् । उनले डब्लुएचओले संगठन सुधार गर्न दिएको एक महिनाको समयसीमामा कुनै सुधार गर्न नसकेको आरोप लगाए । ट्रम्पले भने, ‘डब्ल्यूएचओ पूर्णरुपमा चीनको नियन्त्रणमा छ । जबकि अमेरिकाले भन्दा चीनले थोरै मात्र आर्थिक सहयोग दिन्छ । चीनले केबल चार करोड डलर दिन्छ तर डब्ल्यूएचओमा उसैको नियन्त्रण छ ।’

गत महिना बसेको डब्लुएचओको बैठकमा ट्रम्पले चीनको मात्र तावेदारी गरेको, कोरोना भाइरस रोकथाममा चीनको प्रभावमा परेको, विश्वलाई महामारीबारे समयमै सूचना नदिएको आरोप लगाउँदै एकमहिनाभित्र सुधार गर्न चेतावनी दिएका थिए ।

जेनेभामा मुख्यालय रहेको डब्लुएचओलाई अमेरिकाले वार्षिक ४५करोड अमेरिकी डलर सहयोग गर्छ । अन्य अमेरिकी सहायता संस्थाहरुले थप ४० करोड डलर सहयता गर्छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ७ : ०० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको